अखिल(क्रान्तिकारी)का कोषाध्यक्ष नरेन्द्र बिकसहित तीन बिद्यार्थी नेता रिहा

अखिल(क्रान्तिकारी)का कोषाध्यक्ष नरेन्द्र बिकसहित तीन बिद्यार्थी नेता रिहा

  • बुधबार, फाल्गुन १४, २०७६
  • मिर्मिरे अनलाइन

  • 16.1K
    SHARES

काठमाडौं, १४ फागुन ।अखिल (क्रान्तिकारी)का केन्द्रीय कोषाध्यक्ष नरेन्द्र बिकसहित तीन जना बिद्यार्थी नेता रिहा भएका छन् ।  सर्वोच्च अदालतकाे आदेशमा उनीहरू बुधवार रिहा भएका हुन् । काेषाध्यक्ष बिकसँगै पक्राउ परेका अर्का  केन्द्रीय सदस्य प्रकाश बिक पनि रिहा भएका छन् ।

साथै आजै सर्वाेच्च अदालतकाे आदेशमा नै अखिल(क्रान्तिकारी) कै केन्द्रिय सदस्य मदन चपाइ पनि रिहा भएका छन् । तीनै जनाकाे हकमा सर्वोच्चको इजलास नम्बर ५ मा बुधवार भएको बन्दीप्रत्यक्षीकरणको रिटनिवेदनमाथिको सुनुवाईपछि अदालतले उनीहरूलाई रिहा गर्न आदेश दिएको हो ।
बिद्यार्थी नेता नेरेन्द्र र प्रकाशलाई यहि फागुन ५ गते दिउँसो काठमाडौंको मध्यबानेश्वरबाट गिरफ्तार प्रहरीले गिरफ्तार गरेको थियो ।
राजनीतिक आस्था कै कारण उनीहरूलाई गिरफ्तार गरि गैरन्यायीक रुपमा बन्दी बनाएर हिरासतमा राखेको भन्दै रिहाईको माग गर्दै फागुन ११ गते पुरिचन्द्र कामीले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए ।
उक्त रिटमाथि बुधवार भएको सुनुवाईपछि न्यायधिसद्धय पुरुषोत्तम भण्डारी र सुष्मालता माथेमाको संयुक्त इजलासले रिहा गर्न आदेश दिएको हो । रिट निवेदकको पक्षमा वरिष्ठ अधिवक्ता एकराज भण्डारी , अधिवक्ता कान्तिराम ढुङ्गाना सन्तोष कोईराला, चुडा निरौलाले बहस गरेका थिए ।
यस अघि हिरासतमा रहदाँ उनलाई चरम यातना दिएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी समेत परेको थियो ।

यस्तै मदनकाे हकमा अम्बिका थापाले बन्दीप्रत्यक्षीकरणाकाे रिट दायर गरेकी थिइन् । उनलाइ माघ २० गते प्रहरीले पक्राउ गरेकाे थियाे ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ