भोजपुर, फाल्गुन १४ गते । भोजपुरको हतुवागढी गाउँपालिका(६ का २८ बर्षीय गौतम राईको खोलाले बगाएर मृत्यु भएको छ । हिजो मंगलवार आफ्नो ससुराली घर छिन्ताङमा श्रीमतीलाई छाडेर एक्लै फर्किएका राई बेलुका सम्म पनी घर फर्केर नआएपछी खोजतलासमा लागेका स्थानीयवासीको टोलीले राईलाई आज बिहान स्थानीय ठाडो खोलाको बगरमा ढुङगामा च्यापिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
उता तेह्रथुमको फेदाप गाउँपालिका(२ का ५७ बर्षीय टेकहादु लिम्बु पंचमी सल्लेरी सामुदायिक वनको कुलो मुनी मृत फेला परेका छन् ।
मंगलवार बिहान ७ बजे कुलो बनाउन भनी गएका लिम्बु घर फर्केर नआएपछी खोजतलास गर्दे जाने क्रममा आज बिहान उक्त स्थानमा, कुलो भन्दा करिव १०० मिटर तल मृत फेला परेको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline