काठमाडौं,कीर्तिपुर, भक्तपुरलगायत यी हुन् नेपालका सबैभन्दा प्रदुषित १० शहर

काठमाडौं,कीर्तिपुर, भक्तपुरलगायत यी हुन् नेपालका सबैभन्दा प्रदुषित १० शहर

  • बुधबार, फाल्गुन १४, २०७६
  • मिर्मिरे अनलाइन

  • 15.7K
    SHARES

काठमाडौं,१४ फागुन ।

हावाको गुणस्तर मापन गर्दै आएको स्वीस तथा अमेरिकी कम्पनी आइक्युएयरले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार नेपालको प्रदुषण सन् २०१९ मा घटेको छ ।

प्रतिवेदनले गत वर्ष नेपालको जनसंख्याको आधारमा हुने प्रदूषण घटेको देखाएको हो । आइक्युएयरले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालको हावाको गुणस्तर संवेदनशील केही समूहका लागि अस्वस्थकर देखिएको छ ।

सन् २०१९ मा नेपालमा हावाको गुणस्तर मापक पीएम स्केल पीएम २.५ औसत ४४ दशमलव ४६ मायक्रोग्राम प्रति वर्गमिटर थियो । सन् २०१८ मा यो सूचक ५४ दशमलव १६ माइक्रोग्राम प्रति वर्गमिटर थियो । यसले नेपालमा हावाको गुणस्तरमा सुधार भएको देखाएको छ ।

आइक्युएयरको तथ्यांक अनुसार नेपालको सबैभन्दा प्रदूषित शहर काठमाडौं हो । काठमाडौंको हावाको गुणस्तर सूचक (एक्युआई) १३४ छ । काठमाडौं विश्वको सबैभन्दा प्रदूषित शहरको सूचीमा पनि १३७ औं स्थानमा छ । दोस्रो प्रदुषित शहर वीरगञ्ज हो । वीरगञ्जको हावाको गुणस्तर सूचक १२८ छ । यीबाहेक नेपालका शीर्ष १० प्रदूषित शहरमा सिद्धार्थनगर, धनकुटा, कीर्तिपुर, बुटवल, भक्तपुर, भरतपुर, पोखरा र तुलसीपुर छन् ।

यस्तै, सन् २०१९ मा भारतीय शहर विश्वभर सबैभन्दा प्रदूषित देखिएका छन् । प्रतिवेदनले सार्वजनिक गरे अुनसार सबैभन्दा प्रदुषित २० शहरमा १४ ओटा भारतीय शहर छन् । आजको आर्थिक अभियानमा प्रकाशित छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ