तीन साहित्यकारको शालिक स्थापना

तीन साहित्यकारको शालिक स्थापना

  • मङ्लबार, फाल्गुन १३, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

धनगढी, १३ फागुन । सुदूरपश्चिम साहित्य समाजले समाजले तीन जना साहित्यकारहरुको शालिक स्थापना गरेको छ ।
आदिकवि भानुभक्त आयार्य, नाटककार पहलमानसिंह स्वाँर र मावनतावादी राजा तथा नेपाली व्यवाकरणका जन्मदाता जयपृथ्वी मल्लको शालिक स्थापना गरेको हो । साहित्य समाजको धनगढीस्थित प्रांगणमा स्थापना गरिएको शालिक सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार अनावरण गरे ।
आदिकवी आचार्यको सालिक साहित्य समाजले, नाटककार स्वाँरको शालिक उनको परिवारले र राजा मल्लको शालिक धनगढीका योगेन्द्र शाहीले निर्माण गरेका हुन् । अनावरणपछि मुख्यमन्त्री भट्ट, सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी लगायतले शालिकमा माल्यार्पण गरेका थिए ।
साहित्य समाजको आयोजनामा बुधबारदेखि शुरु हुने विश्व नेपाली साहित्य महोत्सवको पूर्व सन्ध्यामा आयोजित शालिक अनावरण कार्यक्रममा मुख्यमन्त्री भट्टले संस्कृति, भाषा, साहित्य र पर्यटनलाई एक ठाउँमा राखेर प्रबद्र्धन गर्न सके प्रदेशको आर्थिक विकास पनि सम्भव रहेको बताए । उनले सुदूरपश्चिमको संस्कृति, रहनसहन, र लवाईखवाई सबै भन्दा फरक रहेकाले यहाँ संस्कृतिक पर्यटनको सम्भावना बढि रहेको बताए । उनले नेपाली भाषा, साहित्यको उद्गम थलो सुदूरपश्चिम रहेकाले सुदूरपश्चिममा भाषा, संस्कृतिको पर्यटन समेत हुन सक्ने बताए । उनले भाषा, संस्कृति, साहित्यको संरक्षण गर्दै प्रबद्र्धन गरी पर्यटक भित्र्यानतिर लाग्न आवश्यक रहको बताए ।
मुख्यमन्त्री भट्टले महोत्सवको सफलताको शुभकामना दिंदै साहित्य समाजले सुदूरपश्चिमको साहित्य र कला विश्वमै चिनाउन ठूलो आँट गरेको भन्दै प्रसंशा गरे । उनले यस सहासमा प्रदेशबासी सबैले सहयोग गर्न आवश्यक रहेको बताउँदै प्रदेश सरकारले पनि गर्न पर्ने सबै कामका लागि सधैं तयार रहेको बताए ।
साहित्य समाजका अध्यक्ष रामलाल जोशीले साहित्य समाजको प्रांगणमा शालिक बाटिका स्थापना गर्ने योजना रहेको बताए । उनले एक एक गर्दै साहित्यका प्रख्यात व्यक्तित्वहरुको शालिक स्थापना गर्दै जाने बताए ।
नेपाली भाषाको उद्गम थलो सुदूरपश्चिमलाई विश्वरंग मञ्चसम्म पु¥याउनका लागि विश्व नेपाली साहित्य महोत्सव आयोजना गरिएको बताए । उनले विश्वमा छरिएर रहेका नेपाली भाषी साहित्यकारहरुलाई नेपालीको उद्गम थलोमा ल्याएर उनीहरुको अनुभव महोत्सवमा साँटिने बताए ।
त्यसका लागि एक वर्षदेखि तयारी गरिरहेको बताउँदै तयारी गर्नुपुर्व नेपालका १२ र भारतका १२ स्थानमा सुदूरपश्चिम कला साहित्य प्रदर्शन गरिएको बताएको अध्यक्ष जोशीले बताए । उनले महोत्सवबाट सुदूरपश्चिमको भाषा साहित्यको सन्देश विश्वभर छरिएर जाने विश्वास लिइएको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी