एमसीसी सम्झौता जलाउन खोज्दा अखिल क्रान्तिकारीका अध्यक्ष गजुरेल सहित ३ जना पक्राउ

एमसीसी सम्झौता जलाउन खोज्दा अखिल क्रान्तिकारीका अध्यक्ष गजुरेल सहित ३ जना पक्राउ

  • मङ्लबार, फाल्गुन १३, २०७६
  • मिर्मिरे अनलाइन

  • 17.4K
    SHARES

काठमाडौं, १३ फाल्गुन । एमसीसी सम्झौता जलाउन खोज्ने क्रममा नेकपा क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष हरिकृष्ण गजुरेल सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार दिउँसो काठमाडौंको आरआर क्याम्पस अगाडि एमसीसी जलाउने क्रममा विद्यार्थीका केन्द्रिय अध्यक्ष गजुरेल, केन्द्रिय सदस्य सुलब वैद्य र पोखरा विश्व विद्यालयका संयोजक एवम् अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य जगत साहीलाई प्रहरीले पक्राउ गरेको हो ।
एमसीसी सम्झौता, भारतीय पक्षबाट भएको सीमा अतिक्रमण, राष्ट्रिय स्वाधिनता लगायतको पक्षमा काठमाडौंमा निकालिएको शान्ति र्याली पछि कोण सभा गरेर एमसीसी सम्झौता जलाउने क्रममा प्रहरीले धरपकड गरेर उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेकालाई भृकुटी मण्डप स्थित नेपाल पुलिस क्लबमा राखिएको छ । अखिल क्रान्तिकारीले मंगलबार शान्तिबाटिका, बागबजार, प्रदर्शनी मार्ग हुँदै आरआर क्याम्पस गेट अगाडि कोण सभा गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ