प्रेमिकाले ब्रेकअप दिएपछि ओस्कर विजेता अभिनेता अल पचिनो ७९ वर्षको उमेरमा एकल भएका छन्।
उनकी ४० वर्षीया प्रेमिका मिटेल डोहानले पचिनो बूढो हुँदै गएको भन्दै ब्रेकअप दिएकाे समाचारमा जनाइएकाे छ । ओस्कर अवार्ड समारोहमा सहभागी हुन पुगेका पचिनोले एक्लै रेड कार्पेट नापेका थिए। मिटेल पनि अभिनेत्री हुन्।
मिटेलले पनि यसको पुष्टि गरेकी छन्। उनले भनेकी छन्, ‘७९ वर्षका अल पचिनो मेरा लागि धेरै बूढो भए। यस्तो बूढो व्यक्तिसँग बस्न निकै कठिन हुन थाल्यो।’ यो जोडी विगत दुई वर्षदेखि रिलेसनसिपमा थियो।
मिटेलले भनिन्, ‘हामीबीच झगडा भएको थियो। मैले अहिले उनको साथ छाडेकी छु। म उनलाई सम्मान गर्छु र उनकै आसपास रहन्छु। उनको वरिपरि रहनु मेरा लागि सम्मानको कुरा हो। म खुसी छु किनकी हामीबीच कुनै बेला सम्बन्ध थियो। मलाई आशा छ आगामी दिनमा पनि हामी साथीको रूपमा रहने छौं।’