मुम्बई भटिन्डाका शनि हिन्दुस्तानी इन्डियन आइडल-११ को विजेता घोषित भएका छन्। आइतबार राति भएको ग्रान्ड फिनालेमा शनिलाई इन्डियन आइडल-११ को ट्रफीको साथ २५ लाख भारु पुरस्कार प्रदान गरियो।
फस्ट रनरअप रोहित राउत र सेकेन्ड रनरअप ओन्कना मुखर्जी बने। थर्ड र फोर्थ रनरअप क्रमशः अद्रिज घोष र रिधम कल्याण बने। रनरअपलाई पाँच पाँच लाख भारु पुरस्कार दिइयो।
आयुष्मान खुराना अफ्नो फिल्म ‘शुभमंगल ज्यादा सावधान’को प्रोमोसन गर्न फिनालेमा फिल्मका कलाकारका साथमा पुगेका थिए। शनिले विजेता हुनुभन्दा पहिले नै इमरान हासमीको फिल्म द बडी र कंगना रनोटको फिल्म पंगामा गीत गइसकेका छन्। तीनैजना जज विशाल ददलानी, हिमेश रेसमिया र नेहा कक्कडले फिनालेमा आफ्नो जबरदस्त प्रस्तुति दिए।
शनि बाल्यकालदेखि नै गीतका सौखिन थिए। उनी १४ वर्षको हुँदा पिताको मृत्यु भएको थियो। उनले युट्युबमा नुसरत फतेह अलीका गीत सुन्न थाले। उनी साथीसँग उधारो लिएर अडिसन दिन गएका थिए।