कोरोना प्रकोपः कोरियाको डेगुमा ८ हजार नेपाली त्रासमा, कम्पनीले भन्यो घर जाउ

कोरोना प्रकोपः कोरियाको डेगुमा ८ हजार नेपाली त्रासमा, कम्पनीले भन्यो घर जाउ

  • मङ्लबार, फाल्गुन १३, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

काठमाडौं,१३ फागुन । पछिल्लो चार दिनमा दक्षिण कोरियामा कोरोना भाइरस संक्रमण तीव्र गतिमा बढेको छ । सोमबार एक सय ४६ जनामा कोरोना भाइरसको जीवाणु पत्ता लागेको रोग नियन्त्रक महाशाखाले जनाएको छ ।

अहिलेसम्म आठ सय ३३ जना संक्रमित भइसकेका छन् । संक्रमणसँगै मृत्युको दरसमेत बढ्न थालेपछि त्यहाँ रहेका नेपालीमा त्रास बढ्न थालेको छ ।

नेपाली जनसम्पर्क समिति कोरियाका पूर्वअध्यक्ष नवराज सिवाकोटीले कोरोना भाइरसको संक्रमण बढेसँगै नेपाल जाने वा बस्ने भन्नेमा अन्योल देखिएको बताए ।

शनिबार भाइरसका कारण डेगु सहरमा एक कोरियन नागरिकको मृत्यु भएको थियो । मृत्यु हुनेमा मोटर पार्टस कम्पनीका चालक थिए ।सोही कम्पनीमा काम गर्दै आएका १६ जना नेपाली बढी त्रासमा रहेको सिवाकोटीले बताए । उनीहरु स्वदशे फर्कन खोजिरहेका छन् ।

कोरिया सरकारले क्वारेनटाइनको व्यवस्था गरेको छैन, तर उनीहरु आफैं सुरक्षित तवरले बसिरहेका छन् । ‘कम्पनीले भने फर्कन आग्रह गरिरहेको छ’, उनले भने, डेगुमा आठ हजार नेपाली छन् । नयाँ पत्रिका दैनिकबाट ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी