ढुंगेअड्डामा ट्रकले १२ सवारीलाई ठक्कर दियाेः एकको मृत्यु, आठ जना घाइते

ढुंगेअड्डामा ट्रकले १२ सवारीलाई ठक्कर दियाेः एकको मृत्यु, आठ जना घाइते

  • मङ्लबार, फाल्गुन १३, २०७६
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौं, १३ फागुन । ढुंगेअड्डामा अनियन्त्रित ट्रकले एकै पटक १२ सवारी साधनलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

सोमबार साँझ थानकोटबाट कंलकीतर्फ आउँदै गरेको ना. ६ ख २८७१ नम्बरको ट्रक अनियन्त्रित भई गुडिरहेको आठ गाडी, तीन मोटरसाइकल र स्कुटरलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा चितवन टाँडी घर भएका गोंगबु बस्ने ३३ वर्षीय शमशेर गुरुङको मृत्यु भएको जानकारी महानगरीय प्रहरी परिसर टेकुका प्रकक्ता डीएसपी होबिन्द्र बोगटीले दिए ।

उनका अनुसार ट्रकले बा. ११ च १२४८ नम्बरको गाडी, बा. २ झ नम्बरको स्करपियो गाडी, बा.२ झ ३२१६ नम्बरको गाडी, बा.१ झ ८१४९ नम्बरको ट्याक्सी, बा.३ ख नम्बरको मिनीबस, बा.८४ प नम्बरको स्कुटर, बा.७७ प ८०२१ नम्बरको मोटरसाइकल, बा.६१ प २०२८ नम्बरको मोटरसाइकल,  बा. ७३ प ८७७३ नम्बरको मोटरसाइकल, लु. ६ ख ९९९८ नम्बरको कार र बा.९३ प ९५५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

प्रहरीले ट्रक चालक सर्लाही बरथहवाका वीरेन्द्रकुमार शाहलाई नियन्त्रणमा लिएको छ । घाइते सातजनाको कंलकीस्थित शहिद मेमोरियल अस्पतालमा र एक जनाको वीरको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । अन्नपूर्ण पोष्ट दैनिकबाट ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ