नेकपा नेता विक र उपाध्याय कालिकोटबाट छुटे लगत्तै पुनः पक्राउ

नेकपा नेता विक र उपाध्याय कालिकोटबाट छुटे लगत्तै पुनः पक्राउ

  • सोमवार, फाल्गुन १२, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

जिल्ला अदालत कालिकोटको फैसला पछि रिहा भए लगतै  प्रहरीले नेकपाका २ नेतालाई अदालत परिसरबाटै पुनः पक्राउ गेरको छ ।

जिल्ला अदालत कालिकोटले सोमबार बम विस्फोट मुद्धामा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य नबिन विक र अनेम संघ (क्रान्तिकारी) का केन्द्रीय महासचिव धिरेन्द्रा उपाध्यय लाई कुनै पनि संलग्नता नरहेको ठहर गर्दै साधारण तारिखमा रिहा गर्न आदेश थियो ।

तर उनिहरू माथि प्रहरीमा अर्को मुद्धा रहेको भन्दै अदालत परिसरबाटै पहरीले पुनः पक्राउ गरेको छ । यस्तै यस अघि पनि एनसेल मुख्यालय नख्खुमा भएको बम विस्फोटको घटनामा संलग्न रहेको भन्दै उनीहरू विरुद्ध मुद्धा चलाएको थियो । उक्त मुद्धामा सफाइ दिदै उच्च अदालत पाटनले साधारण तारिखमा रिहा गर्न आदेश दिएको थियो । तर प्रहरीले अदालत परिसरबाटै पक्राउ गरि सुनसरी पुर्याएको थियो । सुनसरी जिल्ला अदालतले पनि उनीहरु निर्दोश रहेको ठहर गर्दै साधारण तारिखमा रिहा गर्न आदेश दिएको थियो ।

सुनसरी जिल्ला अदालत परिसरबाटै प्रहरीले पुनः पक्राउ गरि नेता विक र उपाध्यलाई गृह जिल्ला कालिकोट पुर्याएको थियो । जिल्लामा यहि ८ गते पुर्याए पनि मुद्धाको पेशी सोमबार मात्रै अदालतमा पेश गरेको थियो । रिहा हुने आशामा अदातलमा आफन्त र उनका समर्थकहरुको  उपस्थिती रहेको थियो । तर पटक पटक अदालको आदेशलाई वेवास्ता गरी पुनः पक्राउ गर्नु मानवअधिकार र कानुनी राज्यको उपहास भएको भन्दै मानवअधिकार कमीर्हरू र आफन्तले आक्रोश ब्यक्त गरेको थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ