अखिल (क्रान्तिकारी)का नेता ढकाल र नरेन्द्रलाई म्याद थप

अखिल (क्रान्तिकारी)का नेता ढकाल र नरेन्द्रलाई म्याद थप

  • सोमवार, फाल्गुन १२, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौं, १२ फागुन ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष चिरन्जिबी ढकाललाई एक दिन र केन्द्रिय कोषाध्यक्ष नरेन्द्र बिकलाई ६ दिन म्याद थप गरेको छ । उनीहरु दुबैलाई प्रहरीले अभद्र ब्याबहार को मुदा चलाएको छ ।
ढकलालाई २५औं जनयुद्ध दिवस मनाउने क्रममा पनि गिरफ्तार गरी हिरासतमै राखेको छ । बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमाथि भएको बहसपछि सर्वोच्च अदालतले ढकाललाई रिहा गर्न आदेश दिएको थियोे । तर रिहा भएलगत्तै प्रहरीले ढकाललाई पुनः अदालतको गेटबाटै पुनः पक्राउ गरेको थियो ।
यता , कोषाध्यक्ष नरेन्द्र विकलाई प्रहरीले फागुन ५ गते सोमबार दिउँसो १ः३० बजे मध्य बानेश्वरबाट गिरफ्तार गरेको थियो । उनलाई अपराध महाशाखा, टेकुमा राखिएको छ ।
नरेन्द्रलेमाथि शारीरिक तथा मानसिक यातना दिएको पारिवारीक स्राेतले जनाएकाे छ । उनलाई हिरासतमा करेन्ट लगाएर यातना दिएको खुलासा भएको छ । नरेन्द्र नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डका छोरा हुन् । उनलाई प्रहरीले प्रकाण्ड कहा छन ? पार्टीको भावी योजना के छ ? भन्दै हिरासत भित्रै निर्घात कुटपिट गर्नुका साथै करेन्ट लगाएर बयान लिएको बुझिएको छ ।

यसअघि परिवारले उनीमाथि यातना दिएकाे भन्दै राष्ट्रिय मानवअधिकार आयोगमा समेत उजुरी दिएकाे थियाे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ