साथीले गर्लफ्रेन्डलाई चुम्वन गरेको फोटो खिच्ने युवा पुगे खोरमा …

साथीले गर्लफ्रेन्डलाई चुम्वन गरेको फोटो खिच्ने युवा पुगे खोरमा …

  • सोमवार, फाल्गुन १२, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

साथी साथीले जिस्केर खिचेको फोटोले प्रहरी हिरासतमा पुग्नु पर्ला भन्ने कल्पना पनि नगरेका तीन युवालाई प्रहरीले पक्राउ गरेको छ ।

गत शुक्रबार महाशिवरात्रिका दिन एक युवती साथीसँग घुम्न आएका तीन अहिले महानगरीय प्रहरी वृत्त जगातीको हिरासतमा पुगेका छन् । प्रहरीले सिन्धुली दुधौली नगरपालिका–६ का अर्जुन अधिकारी, १८ वर्षीय शान्तिमान थामी दनुवार र राजीव थनेतलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

शिवरात्रिका दिन सूर्यविनायकको जङ्गलमा घुम्न गएका किशोरीका प्रेमीले साथीहरु कै अगाडि चुम्बन गरेपछि उसकै साथीहरुले जिस्किएर चुम्बन गरेको भिडियो खिचेका थिए । त्यही भिडियो मेट्न किशोरीले गरेको आग्रह साथीहरुले नमानेपछि यही कुरा प्रहरीमा पुगेपछि प्रहरीले तीनै जनालाई कटुञ्जेबाट पक्राउ गरेको हो ।

पक्राउ गरी प्रहरी वृत्त जगाती पु¥याइएपछि किशोरीले साथीले कुनै जबरजस्ती नगरेको भन्दै जाहेरी दिन नमानेपछि प्रहरीले आज प्रहरीले अभद्र व्यवहारमा मुद्दा चलाएको प्रनाउ गिरीले जानकारी दिनुभयो । किशोरीले साथीको मोबाइलबाट चुम्बन गरेको भिडियो डिलिट गरिदिए पुग्ने बताउँदै जाहेरी नदिएपछि अभद्र व्यवहारमा मुद्दा चलाएको उहाँको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ