शेर्पा समुदायको ग्याल्पो ल्होसार आज

शेर्पा समुदायको ग्याल्पो ल्होसार आज

  • सोमवार, फाल्गुन १२, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाडौं । शेर्पा समुदायले आज ग्याल्पो ल्होसार विविध कार्यक्रम गरेर मनाउँदै छन् ।

प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन नयाँ वर्षका रूपमा शेर्पा समुदायले ल्होसार मनाउने गरेका हुन् ।

आज शेर्पा समुदायले नयाँ वर्षको रुपमा २१४७औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् ।

मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।

बराह वर्ष पूरा भई आजदेखि मुसा वर्ष सुरु हुने बताइएको छ । ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी मनाइन्छ ।

ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्गयालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरु गरिएको हो ।

विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले ग्याल्पो ल्होसारको उपलक्षमा शुभकामना वयक्त गरेकी छन् ।

ल्होसार पर्व नेपाली संस्कृतिकै एक महत्वपूर्ण अंग भएको उल्लेख गर्दै उनले यस्ता चाडपर्वले विविध संस्कृति अँगालेको नेपालीहरुका बीचमा सहिष्णुता, पारस्परिक सद्भाव र सहयोग अभिवृद्धि हुनुका साथै राष्ट्रिय एकतालाई सुदृढ गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरेकी छन् ।
यस्तै नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पनि ल्होसारको शुभकामना दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ