बारा, फागुन ११ गते आइतबार । नेपाली कांग्रेस बाराले कुटपिट भएको घटनाका दोषीलाई कारवाहीको मांग गर्दै रयाली प्रदर्शन गरेको छ ।
नेपाली कांग्रेस विपि स्मृति भवन कलैयाबाट निस्केको रयालीले कलैया बजार हुंदै जिल्ला प्रहरी कार्यालय बारा अगाडी पुगी प्रदर्शन गरेको थियो । प्रर्दशनका सहभागीहरुले कुटपिटमा संलग्न दोषी मुकेश कुसवाहालाई कारवाही गर, साईबर अपराध गर्नेलाई कानुनी कारवाही गर, बरियारपुर घटनाको निष्पक्ष छानबिनको मांग गर्दै प्रदर्शन गरेका थिए ।
बाराका सभापति जयचन्द्र चौरसियाको नेतृत्वमा निस्केको रयाली प्रदर्शनमा उपसभापति सुरेन्द्र गुप्ता, सचिवद्वय मनोज भट्ट, हरेन्द्र यादव, कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादव, लगायतका सयौ कार्यकर्ता सहभागी थिए ।
घटनाको दोषीलाई राजनिति रुप दिएर बारा प्रहरीले बचाउ गर्न खोजेपछि रयाली प्रदर्शन गरिएको र घटनाको निष्पक्ष छानबिन नगरीए चरणबद्ध आन्दोलनमा उत्रिने नेपाली कांग्रेस बाराका कोषाध्यक्ष चन्द्रशेखर यादवले बताए ।
प्रदर्शन पछि सभापति चौरसियाको टोलीले बाराका प्रहरी उपरिक्षक कृष्ण पंगेनीसंग भेटघाट गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न मांग गरेका थिए ।