कोरोनाको संक्रमण बढ्दै गए पछि कोरीयामा ४० हजार नेपाली त्रसित

कोरोनाको संक्रमण बढ्दै गए पछि कोरीयामा ४० हजार नेपाली त्रसित

  • आइतवार, फाल्गुन ११, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

काठमाडौं फागुण १९ ।  कोभिड–१९ भनिने कोरोना भाइरसको संक्रमण बढेपछि दक्षिण कोरियामा रहेका नेपालीहरुमा त्रास छाएको छ। पछिल्लो हप्ता कोरियामा कोरोनाको संक्रमणदर बढेको समाचार संस्था एएफपीले बताएको छ। कामको सिलशिलामा दक्षिण कोरियामा करिव ५० हजार नेपाली रहेका छन्। सिओलदेखि ३ सय किलोमिटर दक्षिणको थेगु सहरमा कोरोना भाइरस पुष्टि भएका व्यक्तिको संख्या दुई गुना भएपछि नेपाली समुदाय त्रसित रहेको नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका अध्यक्ष रन्जनराज कुँवरले बताए। ुथेगु र आसपासमा मात्र करिव ७ हजार नेपाली छन्ु, उनले भने, ुसंक्रमणदर एक्कासी बढेपछि त्रास फैलिएको छ।ु

समाचार एजेन्सी एएफपीका अनुसार शुक्रवारसम्म २०४ व्यक्तिमा भाइरसको सङ्क्रमण पुष्टि भएकोमा थप २२९ जनामा भाइरसको सङ्क्रमण भएको छ। न्यूयोर्क टाइम्सका अनुसार आइतबार विहानसम्म ५५६ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ। थेगु नजिकैको सहर छाङदो थेनाम अस्पतालमा दुई र अन्य स्थानमा गरेर ४ जनाको मृत्यु भइसकेको छ भने १९ जना उपचारपछि घर फर्केका छन्। संक्रमित हुनेहरु आधा भन्दा बढी थेगुको सिन्चेन्जी चर्चका सदस्य र उनीहरुका आफन्त रहेका छन्।

कोरियाको सुवानमा रहेका अमृत लामिछानेका अनुसार अति व्यस्त हुने ठाउँहरु यतिबेला सुनसान छन्। नेपालीको जमघट हुने ठाउँहरु पनि अहिले शून्यप्राय रहेको उनले बताए। पर्यटकहरुले चहलपहल हुने सिओलको म्याउँदोङमा अहिले सुनसान जस्तै छ। रेष्टुरेन्ट तथा पसलहरु पनि फाट्टफुट्ट मात्रै खुलेको देख्न सकिन्छ।

कोरियामा विद्यावारिधी गरिरहेकी कमला केसीका अनुसार सपिङ मल, ट्रेन स्टेसन पनि सुनसान जस्तै रहेका छन्। होटल तथा विमानस्थलमा उच्च सतर्कता अपनाइएको छ। विमानस्थल, होटल, सपिङ मलहरुमा प्रवेश गर्दा शरिरको तापक्रम दिनु अहिले कोरियमा अनिवार्य बनेको उनले बताइन्। होटलमा बस्नेहरुलाई बाहिरबाट भित्र प्रवेश गर्दा अनिवार्य तापक्रम लिने र शंका लागेमा उपचारमा पठाउने गरिएको छ।

यसैबीच कोरीया स्थित नेपाली दुतावासले विज्ञप्ति निकालेर सतर्क र सजग रहन अपील गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी