रौतहटको लमहा जंगलमा प्रहरीको भ्यानलाई ट्रकले ठक्कर दिँदा ४ असईसहित ६ जना घाइते

रौतहटको लमहा जंगलमा प्रहरीको भ्यानलाई ट्रकले ठक्कर दिँदा ४ असईसहित ६ जना घाइते

  • आइतवार, फाल्गुन ११, २०७६
  • मिर्मिरे अनलाइन

  • 12.8K
    SHARES

रौतहट, ११ फागुन। रौतहटको चन्द्रनिगाहपुरस्थित लमहा जंगलमा प्रहरीको भ्यानलाई ट्रकले ठक्कर दिँदा ६ जना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्ग सडक खण्ड अन्तर्गत पर्ने लमहा जंगलमा रौतहटबाट पथलैयातर्फ जादै गरेको अवस्थामा नेपाल प्रहरीको ना १ झ १३३१ नम्बरको भ्यानलाई बिपरित दिशाबाट आउदै गरेको ना६ख ८६२५ नम्बरको ट्रकले ठक्कर दिएको हो।

घाइते हुने ४ जना नेपाल प्रहीका असई समेत छन्। बाराको पथलैयामा नेपाल प्रहरीका संगठन प्रमुख आइजिपी ठाकुर प्रसाद ज्ञावालीको ब्रिफिङ् कार्यक्रममा सहभागी हुन आइतबार बिहान ६ बजे जिल्ला प्रहरी कार्यालय रौतहटबाट पथलैयातर्फ जादै गरेको नेपाल प्रहरीको भ्यानलाई ट्रकले ठक्कर दिएको थियो।

भाईते हुनेहरुमा सीमा प्रहरी चौकी मठियामा कार्यरत असइ गोबिन्द यादव, गौर बसपार्कमा कार्यरत असइ मनोज सिह, औरैयामा कार्यरत असइ बिश्वनाथ प्रसाद यादव, बेलबिछवामा कार्यरत असइ हृदय प्रसाद यादव र भ्यान चालक जवान सरोज यादव रहेका छन्।

घाइते मध्ये असइ गोबिन्द र मनोजको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ। घाइतेहरुको उपचार चन्दनिगाहपुर अस्पतालमा भैरहेको र भ्यानलाइ ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणम रहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ