क्यानभासमा रवीन्द्र: कलाकार भन्छन्, उहाँलाई क्यानभासमा उतार्न पीडा भइरहेको छ(फाेटाेसहित)

क्यानभासमा रवीन्द्र: कलाकार भन्छन्, उहाँलाई क्यानभासमा उतार्न पीडा भइरहेको छ(फाेटाेसहित)

  • शनिबार, फाल्गुन १०, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

पोखराका कलाकारले नेता रवीन्द्र अधिकारीलाई आफ्नो क्यानभासमा उतारेका छन् । फागुन १५ नजिकिँदै गर्दा प्रथम स्मृति दिवसका सन्दर्भमा यहाँका कलाकारले क्यानभासमा रवीन्द्र शीर्षक दिएर उहाँको व्यक्तित्व र कामलाई क्यानभासमा उतारेका हुन् ।

विभिन्न चित्राकृतिबाट रवीन्द्रको व्यक्तित्वलाई क्यानभासमा उतारिरहनुभएका कलाकार एवं कार्यक्रमका संयोजक रमेश श्रेष्ठले भन्नुभयो “मैले वर्षौँदेखिको मित्रता गुमाएको एक वर्ष पुग्यो । उहाँलाई क्यानभासमा उतार्न मलाई पीडा भइरहेको छ । शब्द हराएको छ, आँखा अगाडि उहाँको हँसिलो अनुहारले मेरा हातलाई अल्झाइरहेको छ । फेरि पनि एउटा प्रयास गरिरहेको छु ।”

कलाकार देवी राईले रवीन्द्रको व्यक्तित्वबाट आफू प्रभावित भएको र त्यसैलाई क्यानभासमा उतारेको बताउनुभयो । “मैले धेरै चोटि उहाँलाई भेटेको छु, सधैँ म उहाँको आदर्श व्यक्तित्वबाट प्रभावित भएको थिएँ । आज उहाँ हाम्रो माझ हुनुहुन्न, कलाको माध्यमबाट सम्झने प्रयास गरेको छु ।”

कलाकार कमल गुरुङले रवीन्द्रलाई विकासप्रेमी नेताका रुपमा चित्राकृतिमा उतारिएको बताउनुभयो । “ देशको एक विकासप्रेमी नेताका रूपमा चिनेको थिएँ, दूरदृष्टि भएको नेताको आत्मविश्वास भएको उहाँको अनुहारलाई ‘फोकस आउट’ गरेको छु ।”

कार्यशालामा पोखरा र काठमाडौँका १५ कलाकारको सहभागिता थियो । सिर्जना गरिएका कला फागुन १५ मा रवीन्द्र अधिकारी स्मृति दिवसमा प्रदर्शन गरिने संयोजक श्रेष्ठले बताउनुभयो ।

रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानले अधिकारीको प्रथम स्मृतिमा उक्त कला कार्यशालाको आयोजना गरेको हो । गत वर्ष फागुन १५ मा ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी अधिकारीसहित सात जनाको निधन भएको थियो । उहाँका ‘समृद्ध नेपाल’ र ‘लोकतन्त्र तथा संविधानसभा र राज्य पुनर्संरचना’ शीर्षक दुई पुस्तक प्रकाशित छन् । अधिकारीको सम्झनामा गत जेठ १८ गते प्रतिष्ठान स्थापना गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी