‘कोरौँ मुहार चित्र’को दोस्रो शृङखलामा कुलपति रायन

‘कोरौँ मुहार चित्र’को दोस्रो शृङखलामा कुलपति रायन

  • शनिबार, फाल्गुन १०, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

जलरङमा कुचि चोपेर चित्र सिर्जना गर्ने चित्रकारको प्रयासमा शुरु भएको ‘कोरौँ मुहार चित्र’ अभियानको दोस्रो शृङ्खलामा कलाकारले आज नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ‘रायन’लाई उभ्याएका छन्प्ष् कार्यालय बालुवाटारमा उपस्थित कलकारले विभिन्न कोणबाट रायनको ‘मुहार चित्र’ उतारेका छन् । अन्तरराष्ट्रिय जलरङ समाज नेपालको आयोजनामा साप्ताहिक शृङ्खला अन्तरगत शनिबार प्रत्यक्ष मुहार चित्र बनाउन अभियान थालिएको हो ।

गत शनिबार कलाकारले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यको मुहार चित्र सिर्जना गरेका थिए । चित्रकलाका विधामध्ये मुहार चित्र ९पोट्रेट० चुनौतीपूर्ण विधा हो । दृश्यमा यताउता भए पनि मुहार चित्रको मसिना पक्ष महत्वपूर्ण मानिन्छ । विश्वमा मुहार चित्र बनाउने विधा प्रख्यात भएपनि नेपालमा खासै व्यावसायिक छैन । त्यसैले सीपको विकाससँगै विधालाई स्थापित गर्ने आफूहरुको उद्देश्य रहेको समाजका नेपाल अध्यक्ष एनवी गुरुङले बताउनुभयो ।

नेपाली चित्रकारको रुचि दृश्य चित्रमा बढी छ । कहिले काहीँ उनीहरुले नै मुहार चित्र बनाउँछन् । त्यही दृश्य चित्र बनाउने कलकारहरु नै अहिले मुहार चित्रलाई व्यावसायिक रुपमा अघि बढाउन लागि परेका छन् । आजको दोस्रो शृङ्खलामा कलाकारहरु एनवी गुरुङ, डिराम पाल्पाली, दिपेन्द्रमान बनेपाली, लालकाजी लामा, विनोद गुग्तालगायतको सहभागिता थियो ।

उक्त कार्यक्रमको उद्घाटनका क्रममा कुलपति रायनले कलाकारहरुबाट राम्रो अभियानको शुरुआत भएको बताउँदै यसले निरन्तरता पाउनुपर्नेमा जोड दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी