लागुऔषधसहित चार पक्राउ

लागुऔषधसहित चार पक्राउ

  • शनिबार, फाल्गुन १०, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

सप्तरी प्रहरीले लागुऔषधसहित चार जनालाई आज पक्राउ गरेको छ । सप्तरीको सुरुङ्गा नगरपालिका–१ नैनडाँवरडाँडा र बोदे बर्साइन नगरपालिका–९ स्वर्णपट्टीबाट चार जना पक्राउ परेको सप्तरी प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका–६ का २२ वर्षीय आकाश परियार र २० वर्षीय आमोदकुमार महतो तथा शम्भुनाथ नगरपालिका–३ का २२ वर्षीय ललित चौधरी र २० वर्षीय देवनारायण राम रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताउनुभयो ।

उनीहरूको साथबाट ३० थान नाइट्रोजन ट्याब्लेट, १९ थान प्रोमेथाजाइन हाइड्रोक्लोराइड इन्जेक्शन, १८ थान डाइजेपाम इन्जेक्शन, १० थान नुरफिन इन्जेक्शन, नौ थान सिरिन्ज, चार थान नाइट्राभेट ट्याब्लेट, सात÷सात थान फेनारगन, नोफिन र डाइजेलेब तथा २० ग्राम गाँजा फेला परेको छ ।

शङ्का लागि जाँच गर्दा लागुऔषध बरामद भएकाले उनीहरूलाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय कडरवोनामा थुनामा राखी थप अनुसान्धान भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ