भ्रष्टाचार गरेको प्रमाणित भए पार्टीमा स्थान छैन :नेता अधिकारी

भ्रष्टाचार गरेको प्रमाणित भए पार्टीमा स्थान छैन :नेता अधिकारी

  • शनिबार, फाल्गुन १०, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी९नेकपा० का केन्द्रीय सदस्य एवं पूर्वमन्त्री खगराज अधिकारीले पार्टीका जो कोही सदस्यले एक रुपैयाँ भए पनि भ्रष्टाचार गरेको प्रमाणित भएमा त्यस्ता व्यक्तिलाई पार्टीमा कुनै पनि स्थान नरहने बताउनुभएको छ ।

आधिकारिक टे«ड युनियन नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन गण्डकी प्रदेश समितिको ११औँ एकता अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उहाँले आरोप लाग्दैमा सत्य नहुने र कसैले भ्रष्टाचार गरेको प्रमाणित भएको खण्डमा पार्टी सदस्यबाट निलम्वन मात्र होइन जेल जान तयार हुुनुपर्ने उल्लेख गर्नुभयो ।

पार्टीको गण्डकी प्रदेश कमिटीका सहइञ्चार्ज रहनुभएका नेता अधिकारीले अहिले कम्युनिष्ट पार्टीलाई चौतर्फी घेराबन्दी गर्ने र पार्टी फुटाउने कोसिस भएको उल्लेख गर्दै भन्नुभयो, “अहिले हाम्रो पार्टीलाई चौतर्फी घेराबन्दी गर्ने र आक्रमण गर्ने प्रयास भएको छ । पार्टी फुटाउने सम्मको कोसिस गरिएको छ, फुटेको पार्टी जुटेर आएका छौँ, त्यसैले त्यस्तो प्रयास पूरा हुन दिँदैनौँ ।”

नेता अधिकारीले पार्टीको नीतिको कारण नेपालमा लोडसेडिङ अन्त्य भएको उल्लेख गर्दै नेपालको आम्दानीको मुख्य स्रोत बिजुलीको उत्पादन बढाएर आत्मनिर्भर बन्नुपर्ने धारणा राख्नुभयो । अमेरिकी सहयोग कार्यक्रम मिलिनियम च्यालेञ्ज कर्पोरेशन ९एमसिसी० अन्तर्गत विद्युत्को प्रसारणलाइनलाई अन्तरदेशीय बनाउन लागेको चर्चा गर्दै उहाँले एमसिसी राष्ट्रियहित अनुकूल नभए सच्याउनुपर्ने स्पष्ट पार्नुभयो ।

युनियनका केन्द्रीय संयोजक रामेश्वर पौडेलले विद्युत् प्राधिकरण भित्रको भौतिक र मानवीय वातावरणलाई स्वच्छ र सफा बनाएर एक वर्ष भित्रमा नमूना प्राधिकरण बनाउने योजनाका साथ युनियनले राष्ट्रिय अभियान थालेको जानकारी दिनुभयो । केन्द्रीय सहसंयोजक खगेन्द्र शाहीले विद्युत् प्राधिकरण पछिल्लो समयमा वार्षिक रु नौ अर्ब मुनाफा आर्जन गर्न सफल भएकाले प्राधिकरणलाई खण्डीकरण नगरी विस्तृतिकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ