धनगढी १० फागुन । तारानगर सामुदायिक बन उपभोक्ता समुहको शनिवार सम्पन्न निर्वाचनले १३ सदसिय नया“ कार्यसमिति चयन गरेको छ ।
निर्वाचनमा अध्यक्ष, सचिव र कोषाध्यक्ष पदकालागि निर्वाचन भएको थियो भने अन्य पदहरुमा निर्विरोध चयन भएका थिए ।
समितिको अध्यक्षमा देव कुमार चौधरी र चित्रा ओझा विच प्र्र्रतिसपर्दा भएको थियो । जस अनुसार चौधरीले १३३ मत ल्याएर विजयी हुनुभयो भने उह“ाका प्रतिद्वन्दी ओझाले ८८ मत ल्याउनुभयो । यसैगरि सचिव पदमा रमा चन्दले ११८ मत ल्याई विजयी हुनुभयो भने उहा“का प्रतिद्वन्दी धनराज अवस्थिले ८२ मत ल्याउनुभयो । त्यस्तै कोषाध्यक्ष पदमा भएको प्रतिस्पर्धामा यशोदा भण्डारीले १२५ मत ल्याई विजयी हुनुभयो भने प्रती द्वन्दी अनिता चौधरीले ९० मत ल्याउनु भएको थियो ।
यस्तै उपाध्यक्ष पदमा कलावती पडाल, सह–सचिवमा रिता कार्कि, र सदस्यहरुमा प्रकाशराज भट्ट, जयराज जोशी, जगत बहादुर शाहि, शुसिला भट्ट, शान्ति बम, सरस्वती कुवर, जोधनी चौधरी र हुकुम शाह निर्बिरोध चयन भएको निर्वाचन अधिकृत दल बहादुर बोहराले जानकारी दिनुभयो । जम्मा २६१ मतदाता रहेको निर्वाचनमा २२६ मत खसेको थियो ।