हलिउडका चर्चित फिल्म निर्माता एवं निर्देशक स्टिवन स्पिलबर्गकी छोरी मिकेला पोर्न स्टार बन्ने भएकी छन्।
आफ्ना अभिभावकको आर्थिक भार घटाउन भन्दै स्टिवनकी २३ वर्षीया छोरी मिकेलाले पोर्न फिल्म खेल्ने निर्णय गरेको सार्वजनिक गरेकी छन् । यो निर्णयमा आफ्ना अभिभावकदेखि भावी पतिले समेत समर्थन गरेको उनको खुलासा छ ।
आफूले पोर्न फिल्म खेले पनि त्यसमा एक प्रस्तुति हुने मिकेलाको भनाइ छ। चर्चित पत्रिका ‘द सन’लाई दिएको अन्तर्वार्तामा उनले आफू दिनदिनैको कामबाट थकित भएको र आत्मसन्तुष्टि पनि नमिलेकोले यो निर्णय गरेको बताएकी छन्।
मिकेला निर्देशक स्टिवनकी आफ्नै छोरी नभई धर्मपुत्री हुन्। स्पिलवर्ग जुरासिक पार्क, डिन्डियाना जोन्स, लिंकन, सेभिङ प्राइभेट रायलगायत चर्चित सिनेमाका निर्माता हुन्। उनीसँग करिब २.१ बिलियन अमेरिकी डलर सम्पत्ति रहेको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline