श्री एयरलाइन्सको नेपालगञ्ज उडान रोकियो, एयर होस्टेसले ‘गम्भीर समस्या’ आएको भन्दै यात्रुहरुलाई ओराले

श्री एयरलाइन्सको नेपालगञ्ज उडान रोकियो, एयर होस्टेसले ‘गम्भीर समस्या’ आएको भन्दै यात्रुहरुलाई ओराले

  • शनिबार, फाल्गुन १०, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

फागुन १०, काठमाडौं ।

काठमाडौंबाट नेपालगञ्ज जाने तयारीमा रहेको श्री एयरलाइन्सको हवाई जहाजमा ‘गम्भीर समस्या’ आएको भन्दै अन्तिम समयमा उडान रोकिएको छ ।

आज बिहान साढे आठ बजे नेपालगञ्ज उड्ने तयारीमा रहेको श्री एयरलाइन्सको जहाजमा बसिसकेका यात्रुहरुलाई एयर होस्टेसहरुले हतार–हतार ओरालेका थिए ।

‘इन्जिन स्टार्ट गरेर पाइलटले विमानस्थल टावरबाट उड्ने अनुमतिसमेत लिइसकेका थिए । तर, एक्कासी एयर होस्टेजहरुले सिरियस प्रोबलम आयो छिटोछिटो ओर्लिनुस् भनेर हामीलाई ओराले,’ यात्रुले भने ।

कस्तो खालको प्राविधिक समस्या हो भन्नेबारेमा श्री एयरलाइन्सले जानकारी भने दिइएको छैन । श्री एयरलाइन्सका महाप्रवन्धक अनिल मानन्धरले प्राविधिक समस्या आएर उडान रोकिएको र मर्मतको काम भइरहेको जानकारी दिनुभयो ।

उहाँले पनि केमा समस्या आएको हो भनेर खुलाउन चाहेनन् । -फाईल तस्बिर

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ