फागुन ९ । अखिल नेपाल लेखक सङ्घले आफ्नो केन्द्रीय सदस्य एवं कवि विपी विद्रोहीलाई सरकारले विहीबार राजधानीबाट विनापुर्जी र विनाकारण कायरतापूर्ण पक्राउ गरेको भन्दै आपत्ति जनाएको छ ।
सङ्घका महासचिव खोमा तरामु मगरद्धारा जारी विज्ञप्तीमा श्रमजीवी जनताको पक्षमा कलम चलाउदै आएका कलमजीवी विद्रोहीलाई गरिएको गिरफ्तारी निन्दनीय, खेदपूर्ण र आपत्तिजनक रहेको बताइएको छ ।
विज्ञप्तीमा कवि विद्रोहीलाई शीघ्र रिहाइ गर्न माग गरिएको छ । विज्ञप्तीमा समाजवादी यथार्थवादका पक्षधर लेखक तथा संस्कृतिकर्मीहरुलाई निर्वाध सिर्जना क्षेत्रमा क्रियाशील हुने वातारण सिर्जना गर्न अपील समेत गरेको छ ।
यस्तो छ विज्ञप्ति :
………………..

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline