विराटनगर, फागुन ९ गते । विराटनगर घिनाघाट–विराटचौक चारलेन सडक आयोजना निर्माणका् प्रगतिबारे प्रदेश एक का मुख्य मन्त्री शेरधन राईले निरीक्षण गरेका छन् । प्रदेश सरकारको लगानीमा उक्त सडक सात महिनादेखि निर्माण भईरहेको छ ।
दुई लेनबाट चार लेनमा विस्तार गरि कोशी राजमार्गको वैकल्पिक सडकको रुपमा प्रयोग गर्ने योजनासहित बनिरहेको यो सडकम एक अर्ब ४० करोड रुपिँयाको लगनीमा २२.१५९ किलोमिटर लम्बाईको बन्दै छ । सडक २०७८ असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने गरी काम भईरहेको छ ।
मुख्यमन्त्री राईले सडक योजना निर्माणका लागि आवश्यक पर्ने सहजीकरण सरकार र सम्बन्धित स्थानीय तहले गरिदिने बताउँदै तोकिएको अवधीमा काम सम्पन्न गरिसक्नुपर्ने निर्देशन दिए ।
भौतिक पूर्वाधार राज्यमन्त्रीसहित सम्बन्धित क्षेत्रका प्रदेशसभा सदस्य एवं उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री लगायत मुख्य मन्त्रीसगँै पुगेका थिए ।
ठेकेदार कम्पनि श्रेष्ठ रमन एपेक्स जेभीले फिलिङ्ग सेक्सनमा ड्रेन परेको, बक्स कल्भर्ट र ह्युम पाइपको माग धेरै भएको, सिंचाई नरहको व्यवस्थापन, वर्षात्को पानी निकास, फाउण्डेशनमा कालो माटो रहेका कारण आरसीसी र स्टीलको परिमाण बढी आएको भन्दै दश प्रतिशत बजेट (भेरीएशन) थप गर्नुपर्ने माग अगाडी सारेको छ ।