मोरङ र झापाबाट लागुऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ

मोरङ र झापाबाट लागुऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ

  • शुक्रबार, फाल्गुन ९, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

मोरङ, फागुण ९ । मोरङ सुन्दरहरैचा ६ घर भई सुन्दरहरैचा भर्जना पुल स्थितमा डेरा गरी बस्ने नर बहादुर दर्जीको कोठाबाट ४ ग्राम ६६० मिलि ग्राम ब्राउन सुगर सहित ४ जना पक्राउ परेका छन् । बिशेष सुराकका आधारमा हिजो साझ सँवा ७ बजे ईलाका प्रहरी कार्यालय बेलबारीबाट गस्तीमा खटिएको प्रहरी टोलीले नर बहादुर दर्जीको कोठामा खानतलासी गर्ने क्रममा नर बहादुर दर्जी सहित सोही स्थानका आषिस ढकाल, आषिस मगर र रुपेश तामाङलाई ब्राउनसुगर सहित पक्राउ गरिएको उक्त कार्यालयले जनाएको छ।

यसै गरी झापाको काँकरभिट्टा सिमाढाँट एरियाबाट २ ग्राम ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन । हिजो अपरान्ह भारतको पानीट्यांकीबाट मे ११ प ६२८६ नम्बरको स्कुटरमा आईरहेका स्कुटर चालक बिर्तामोड ६ बस्ने १९ बर्षीय मनिश लिम्बु र पछाडि सवार ताप्लेजुङ मिक्वाखोला( ७ बस्ने २४ बर्षीय मुकेश थलाङलाइ ब्राउनसुगर सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ । पक्राउ परेकाहरुलाई अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ