देशभर मौसम बदलीः मेघ गर्जनसहित वर्षा, यस्तो छ आइतवारसम्मको मौसम तालिका

देशभर मौसम बदलीः मेघ गर्जनसहित वर्षा, यस्तो छ आइतवारसम्मको मौसम तालिका

  • शुक्रबार, फाल्गुन ९, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाडौं, फागुन ९ ।
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण देशको पश्चिम भेगका केही स्थानहरुमा मेघ गर्जनसहित वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यो प्रणालीको पूर्ण प्रभाव शनिबारसम्मै रहने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।
अहिले पश्चिमी भेगमा मेघ गर्जनसहित वर्षा भइरहेको जानकारी दिदैँ उहाले काठमाडौंमा पनि आज अपराह्नपछि हल्का वर्षाको सम्भावना रहेकबो बताउनु भयो ।
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव मध्यक्षेत्र हुँदै विस्तारै पूर्व्तिर पनि सरिरहेको उहाँले बताउनुभयो ।
आइतबार पनि मौसम बदली रहने तर, आइतबार वर्षाको सम्भावना अहिलेसम्मको स्थितिमा देखिएको छैन’–मौसमविद् मानन्धरले भन्नुभयो ।
मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । पश्चिमी भेगका धेरै र मध्य तथा पूर्वी भू–भागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

पश्चिम तथा मध्य क्षेत्रका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरुमा र पूर्वी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ ।
आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने जनाइएको छ । पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङसहित वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेको देखिन्छ ।
भोली शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही मध्य तथा पूर्वी भू–भागका थोरै स्थानहरु र पश्चिमी पहाडका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
शनिबार राति पहाडी भेगमा आंशिक बदली रही बाँकी भेगको मौसम सामान्यतया सफा रहने जनाइएको छ ।
यस्तै आइतबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले शुक्रबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ