बिराटनगर, फाल्गुन ८ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी जवान राज कुमार घिमिरे र इलाका प्रहरी कार्यालय धुलावारी झापामा कार्यरत प्रहरी जवान श्रीमान राई माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले उत्कृष्ट कार्यसम्पादनको उच्च मुल्याङकन गर्दै २०७६ साल माघ “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषणा गरेको हो
प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।
सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आईएको छ ।