काठमाडाैं, ८ फागुन ।
कन्चनपुरमा रहदा ७० करोड कमिसनका लागि कुराकानी भएको अडियो सार्वजनिक भएपछि काठमाडाैं पुगेर बिस्तृतमा जवाफ दिने बताएका सञ्चार सुचना तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले १६ शब्दमा राजिनामा दिएकाेबारे जानकारी दिएका छन् ।
उनले बिहिवार सामाजिक सन्जाल(फेसबुक)मार्फत आफूले नैतिकताका आधारमा पदबाट राजिनामा दिएका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘मेरो बारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदवाट राजिनामा दिएको जानकारी गराउँदछु। धन्यवाद ।’
कमिसनकाे सेटिङ गरिरहेकेा अडियाे सार्वजनिक भएलगत्तै सामाजिक सन्जालमा समेत भाइरल भएकाे थियाे जुन समय बास्काेटा पश्चिमकाे कन्चनपुर पुगेका थिए । उनले कन्चनपुरमै रहदा उक्त अडियाेबारे काठमाडाैंमा पुगेर विस्तृतमा बाेल्ने बताउदैँ कचन्चनपुरबाट कैलाली हुँदै काठमाडाैं हिडेका थिए ।
तर काठमाडाै नपुग्दै उनलाइ राजिनामा दिन प्रधानन्त्री केपी ओलीले निर्देशन दिए । त्यसअघि नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री ओली र प्रचणडबीच छलफल भएकाे थियाे । लगत्तै ओलीले बास्काेटालाइ राजिनामा दिन निर्देशन दिए ।
प्रधानमन्त्रीबाटै निर्देशन अाएपछि उनले कन्चनपुरमा भनेजस्तै बिस्तृतमा बाेल्न पाएनन् तर समाजिक सन्जालमा धन्यवादसहित जम्मा १६ शब्दमा राजिनामा दिएकाे जानकारी गराए । त्यसमा उक्त अडियाेबारेपनि कुनै जिकिर गरेनन् ।
उनकाे उक्त जानकारी सामाजिक सन्जालमा पाेस्ट हुनुअघिनै सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभा बैठकलाई बास्काेटाले पदबाट राजिनामा दिइसकेकेा जानकारी गराएका थिए।
