७० करोड कमिसनको अडियो सार्वजनिक भए पछि लेखाले रोकिदियो सेक्युरीटी खरीद प्रकया

७० करोड कमिसनको अडियो सार्वजनिक भए पछि लेखाले रोकिदियो सेक्युरीटी खरीद प्रकया

  • बिहिबार, फाल्गुन ८, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाण्डौं फागुण ८ । सञ्चारमन्त्री गोकुल बास्कोटाले ७० करोड कमिसनका बारेमा गरेको सेटिगं मिडियामा आए पछि प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रेस खरिद प्रक्रिया अगाडि नबढाउन सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा आज बसेको समितिको बैठकले अर्को निर्णय नभएसम्मका सेक्युरिटी प्रेस खरिद प्रक्रिया अघि नबढाउन निर्देशन दिएको हो ।

सेक्युरिटी प्रेस खरिद प्रक्रियाका बारेमा सार्वजनिक भएको अडियोका बारेमा पछि छानबिन हुने समितिले बताएको छ ।

समितिको बैठकले सेक्युरिटी प्रेस खरिदबारे छलफल गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटालाई बोलाइएको थियो ।

राजधानी बाहिर रहेकाले बाँस्कोटा समितिको बैठकमा उपस्थित भएनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ