जन्म दिने बाबुलाई चिर्पटले हानेर मारे तनहुका तिल बहादुरले

जन्म दिने बाबुलाई चिर्पटले हानेर मारे तनहुका तिल बहादुरले

  • बुधबार, फाल्गुन ७, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

तनहुँ । जिल्लास्थित ब्यासनगरपालिका९१० विपि भञ्ज्याङमा आफ्नै छोराले आफ्नो जन्म दिने बाबुलाई दाउराको खलियोमा राखेको चिर्पटले टाउकोमा प्रहार गरी हत्या गरेका छन् ।

चिर्पट प्रहारबाट मृत्यु हुनेमा ६६ बर्षीय बाबु दलबहादुर विक रहेका छन् । चिर्पट प्रहार गरी बाबुको हत्या गर्ने छोरा ३५ वर्षीय तिलबहादुर विकलाई जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका मुद्दा शाखाका निरीक्षक शिवराज क्षेत्रीले बताए ।

प्यारालाइसिसले लामो समयदेखि थलिएका बाबु दलबहादुरलाई एक्कासी छोरा तिलबहादुरले चिर्पट प्रहार गरेपछि गम्भीर घाइते भएका उनलाई दमौली स्थित जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि उपचारका लागि पोखरास्थित शिक्षण अस्पतालमा लगिएकोमा विकको बाटोमै मृत्यु भएको थियो ।

घटनाका बारेमा प्रहरीले थप अनुसन्धान प्रक्रिया शुरु गरेको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ