आठ गजलकारका ४० गजल प्रस्तुत हुने

आठ गजलकारका ४० गजल प्रस्तुत हुने

  • बुधबार, फाल्गुन ७, २०७६
  • मिर्मिरे अनलाइन

  • 15K
    SHARES

गजल सन्ध्या पोखराले आफ्नो नियमित गजल वाचनको २००औँ शृङ्खलामा आठ गजलकारका ४० गजल प्रस्तुत हुने भएको छ । यही फागुन १० गते विशेष कार्यक्रमका साथ यहाँका चर्चित आठ गजलकारलाई एकसाथ उभ्याउने तयारी भएको गजल सन्ध्या पोखराका अध्यक्ष मोहन भण्डारीले जानकारी दिनुभयो ।
‘गजलको उत्थान, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ वि।सं। २०५९ मा यहाँ सो सस्था स्थापित भएको थियो । उहाँले यसपटकको विशेष अवसरमा पूर्वअध्यक्षहरूले संयुक्त गजल वाचन गर्नुहुने बताउनुभयो । कार्यक्रममा संस्थापक अध्यक्ष दिलीप दोषीका साथमा दीपक समीप, रुपिन्द्र प्रभावी, कपिल शर्मा, मन क्षत्री, उदीपराज ढुङ्गाना, विर्सना बस्नेत र अमृत सुवेदीले पाँच /पाँच गजल प्रस्तुत गर्नुहुनेछ ।

नेपाली गजलको उत्थानमा क्रियाशील संस्थाले नियमित गजल वाचनका साथै विभिन्न विचार गोष्ठी, गजल प्रशिक्षण कार्यशाला,संयुक्त गजल सङ्ग्रह प्रकाशन लगायतका गतविधि सञ्चालन गर्दै आएको छ ।

संस्थाले हरेक महिनाको दोस्रो शनिबार नियमित गजल वाचन र तेस्रो शनिबार नवनीत साहित्य सागरसँगको संयुक्त आयोजनामा ‘अक्षरयात्रा’ कार्यक्रम नियमित रूपमा आयोजना गर्दै आइरहेको संस्थाका सचिव त्रुपकले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी