विशेष कारण देखाउँदै स्ववियु चुनाव स्थगन

विशेष कारण देखाउँदै स्ववियु चुनाव स्थगन

  • बुधबार, फाल्गुन ७, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौं,७ फागुन । त्रिभुवन विश्वविद्यालयले विशेष कारण देखाउँदै स्वतन्त्र विद्यार्थी युनियनको चुनाव स्थगन गरेको छ ।

त्रिवि कार्यकारी परिषद्को सोमबारको बैठकले अर्को निर्णय नभएसम्मका लागि स्ववियु चुनाव स्थगित गरेको त्रिविका कार्यवाहक रेक्टर शिवलाल भुसालले जानकारी दिनुभयो । विद्यार्थी सङ्गठनको सहमतिमै चुनाव स्थगित गरिएको उहाँले बताउनु भयो ।
चुनाव हुनुभन्दा एक महिना अगाडि नै चुनाव कार्यतालिका सार्वजनिक गर्नुपर्नेमा सम्भव नभएकोले चुनाव स्थगित गर्नुपरेकाउहाँको भनाई छ ।

उहाँले विद्यार्थी सङ्गठनको छलफल र सहमतिमा छिट्टै चुनाव मिति तय गरिने जानकारी दिनुभयो ।

भुसालका अनुसार आउँदो चैत अन्तिम हप्ता चुनाव गर्ने गरी विद्यार्थी सङ्गठनसँग सहमति गरिनेछ । त्यसअगावै स्नातकोत्तर तहको दोस्रो र चौथो सेमेस्टरको परीक्षा सम्पन्न गर्ने त्रिविको तयारी छ ।

त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सबै क्याम्पसलाई परिपत्र गर्दै तोकिएको मितिमा चुनाव नहुने स्पष्ट पारेको छ । त्रिविका आङ्गिक क्याम्पसमा यही फागुन १४ गतेका लागि स्ववियु चुनावको मिति तोकिएको थियो ।

प्रत्येक दुई दुई वर्षमा हुने स्ववियु चुनाव विद्यार्थी सङ्गठनबीचको विवादका कारणले विगत १० वर्षदेखि नियमित हुन सकेको छैन । त्रिविमा विसं २०६५ यता क्याम्पसमा स्ववियु चुनाव हुन सकेको छैन । तीन वर्षअघि विसं २०७३ मा भएको चुनाव दुई सय ५० क्याम्पसमा मात्र भएको थियो ।

प्रत्येक दुई/दुई वर्षमा हुने स्ववियु चुनाव निर्धारित समयमा हुन नसक्दा विद्यार्थी आन्दोलन नै शिथिल भएको छ । विद्यार्थी सङ्गठनबीच चुनाव प्रणाली, उमेरहदबन्दीका कारणले स्ववियु चुनाव विगत १० वर्षदेखि हुन नसकेको हो ।

त्रिविले ६२ आङ्गिक क्याम्पसमा स्ववियु चुनावको तयारी गर्न क्याम्पस प्रमुखलाई पत्र पठाइसकेको थियो । पत्रअनुसार ती क्याम्पस स्ववियु चुनावको तयारीमा जुटेका थिए । तोकिएको चुनावका लागि यही फागुन ४ गतेदेखि चुनाव प्रक्रिया सुरु गर्ने प्रस्ताव गरिए पनि काम अघि बढेको थिएन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ