स्यालुट नगर्ने भन्दै प्रहरी जवान विश्वकर्मामाथि ईन्सपेक्टर सुबेदीले मुक्का हान्न खोजे

स्यालुट नगर्ने भन्दै प्रहरी जवान विश्वकर्मामाथि ईन्सपेक्टर सुबेदीले मुक्का हान्न खोजे

  • मङ्लबार, फाल्गुन ६, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

महानगरीय प्रहरी वृत्त सिंहदरबारमा आफूलाई सलाम नगरेको भन्दै प्रहरी निरीक्षकले एक जना जवानलाई कुट्न मुक्का हान्न खोजेका छन् ।

प्रहरी निरीक्षक विक्रम सुवेदीले वृत्तमा कार्यरत प्रहरी जवान बलबहादुर विश्वकर्मामाथि गालीगलौज गर्दै कुटपिटको प्रयास गरेका हुन्। उनी मुद्धा फाँट र हिरासत झर्ने रिसेप्सन रहेको कक्षमा पोशाकमा ड्युटीमा रहेको र ईन्सपेक्टर सुबेदी सिभिलमा आएका थिए ।

सोमबार बिहान सादा पोशाकमा आएका प्रहरी निरीक्षक सुवेदीलाई विश्वकर्माले सलाम गरेका थिएनन्।

‘सलाम नगरेपछि सम्झाउने क्रममा विश्वकर्माले केही बोलेपछि प्रहरी निरीक्षक सुवेदीले कुट्ने प्रयास गरेको देखिन्छ,’ सिंहदरबार वृत्तका डिएसपी कौशल बुढाथोकीले भने।

उनले यस विषयमा अनुसन्धान गरिने बताएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ