लागुऔषध बेचबिखनमा संग्लग्न ३ पक्राउ

लागुऔषध बेचबिखनमा संग्लग्न ३ पक्राउ

  • मङ्लबार, फाल्गुन ६, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

उदयपुर, फाल्गुन ०६ गते । उदयपुरको बेल्टार नगरपालिका-९ बाट लागुऔषध बेचबिखनमा संग्लग्न ३ जनालाई पक्राउ गरिएको छ ।

स्थानीय आकाश तिम्सिनाको घरबाट लागुऔषध बेचबिखन भईरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले घरधनी ३५ बर्षीय आकाश तिम्सिना सहित बेल्टार नगरपालिका-१ का ३२ बर्षीय बिकास बस्नेत र धरान-१३ का ३८ बर्षीय प्रणय निरौलालाई पक्राउ गरेको हो ।

निजहरुको साथबाट प्रहरीले डाईजोल्याव ३ एम्पुल, leegesic ४ एम्पुल, फेनारागन ४ एम्पुल, डाईलक्स डिसी १०० ML को २ बोतल, नाईट्राभेट ११ ट्याब्लेट, स्पास्मोप्रोक्सिवन ५९ ट्याब्लेट, गाँजा ३०० ग्राम, नगद १५ हजार र मिनिल्यापटप १ थान समेत बरामद गरेको छ । पक्राउ परेका निजहरुको सम्बन्धमा थप अनुसन्धान भईरेको उक्त कार्यालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ