यादव पशुपालन फर्ममा आगलागी 

यादव पशुपालन फर्ममा आगलागी 

  • सोमवार, फाल्गुन ५, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

रबिन्द्र यादव / नवलपरासी पश्चिममा घर गोठमा आगलागी हुँदा जलेर नष्ट भएको छ । जिल्लाको प्रतापपुर गाउँपालिका वडा नम्बर ५ श्रीरामपुर स्थित सुर्यबली यादवको घर गोठमा आगलागी हुँदा जलेर नष्ट भएको प्रहरीले जनाएको छ

यादवको घरमा आइतबार राति साढे दश बजे आगलागी भएको हो । आगलागी भएको खबर पाएसँगै नजिकै रहेको शसस्त्र प्रहरी तुरुन्तै घटना स्थलमा पुगेर नियन्त्रणमा ल्याउन खटिएको शसस्त्र प्रहरी बिओपी गुठी परसौनीका इन्सपेक्टर सुमन अधिकारीले जानकारी दिए ।
आगो,प्रहरी,शसस्त्र प्रहरी र स्थानियले नियन्त्रणमा लिएका थिए । आगलागीबाट मानविय तथा पशुचौपायाँहरुमा क्षती नभएपनि घरमा रहेका लत्त कपडा खाध्यन्न जलेर पुरै पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट घरगोठ जल्दा करिव एक लाख सत्तरी हजार बराबरको क्षती भएको गुठी परसौनी प्रहरी चौकी कार्यालयले जनाएको छ । यादवका घरका सदस्य सुतेपछि एक्कासी आगोलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट घरगोठ जलेसँगै उनिहरु बिचल्लीमा परेका छन् । उनको इन्दल यादव पशुपालन फर्मको नाममा दर्ता समेत रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ