नेपाल पत्रकार महासङ्घद्वारा ध्यानाकर्षण

नेपाल पत्रकार महासङ्घद्वारा ध्यानाकर्षण

  • सोमवार, फाल्गुन ५, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

धनगढी, ५ फागुन ।

नेपाल पत्रकार महासङ्घले सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको ‘रेडियो, टेलिभिजन र एफएम प्रशारणका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लाई सच्याउन माग गरेको छ ।

महासङ्घका केन्द्रीय महासचिव रमेश विष्टसहितका पदाधिकारीको टोलीले आइतबार सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुनबहादुर थापा, आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाह र प्रदेशसभा विधायन समितिका सभापति नेपालु चौधरीलाई भेट गरी ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने गरी प्रदेश सरकारले उक्त विधेयक ल्याएको जनाउँदै पत्रकारले यसको विरोध गर्दै आएका छन् । विधेयकमा मस्यौदा गरिएको मिडिया बोर्डको अध्यक्ष मन्त्री रहने प्रावधानको सट्टा स्वतन्त्र निकायमा रहेको व्यक्तिको प्रतिनिधित्व गराइनुपर्ने, दण्ड जरिवानाको व्यवस्था हटाइनुपर्नेलगायतका माग गरिएको छ । उक्त विधेयक प्रदेशसभाको विधायन समितिमा अहिले छलफलमा रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ