दमक फागुण ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले गृहनगर झापा दमक पुगेर सरकार ढाल्न षड्यन्त्र गरीरहेको जिकिर गरेका छन् ।
दमकमा आयोजित सभामा बोल्दै उनले एकल बहुमतवाला सरकारको रफ्तार रोक्न देशी विदेशी शक्ति लागि परेको दावी गरे ।
विकासको रफ्तार रोक्न देशी विदेशी शक्तिले षड्यन्त्र गरीरहेको जिकिर गरेका ओलीले सरकार कसरले र किन ढाल्न खोजेको हो त्यो भने खुलाएनन् ।
उनले ५० बर्षदेखि लडेर आएको हुनाले आफू बिचलित नभई लाग्ने र षड्यन्त्र गरेर विकासको रफ्तार रोक्न नसकिने बताए ।
मलाई केही गरे पनि रोक्न नसक्नेहरु मेरो मृत्यु पर्खेर बसिरहेका होलान तर भ्रष्टाचार रोक्न र भ्रष्टाचार गर्न नदिन आफू अझै केही बर्ष बाच्ने ओलीले दावी गरे ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline