प्रेम प्रस्ताव अस्विकार भएपछि प्रहरी जवानले आफ्नै पेटमा आफैँले गोली हाने !

प्रेम प्रस्ताव अस्विकार भएपछि प्रहरी जवानले आफ्नै पेटमा आफैँले गोली हाने !

  • शुक्रबार, फाल्गुन २, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

सिन्धुली, २ फागुन ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी जवान सर्लाहीका २२ वर्षीय चन्द्र किशोर रायले आफैँलाई गोली हानेका छन् ।

प्रहरी जवान रायले शुक्रबार बिहान साढेसात बजे एक राउण्ड आफ्नै पेटमा आफैँले पेटमा गोली हानेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीकी प्रहरी प्रमुख (एसपी) रन्जु सिग्देलले जानकारी दिइन् ।

गोली प्रहारबाट राय गम्भीर घाइते भएका छन् । उनको सिन्धुली अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाण्डौंस्थित नेपाल प्रहरी अस्पताल रिफर गरिएको छ । रायले डिउटीमा रहेका बेला नजिकैको अर्का प्रहरी जवानले बोकीरहेको लामो हतियार (राइफल) खोसेर आफैँलाई गोली प्रहार गरी आत्महत्याको प्रयास थिए ।

आफैँमाथी गोली प्रहार गर्नुको कारणबारे एकिन नभएपनि सँगै कार्यरत महिला प्रहरी जवानलाई प्रेम प्रस्ताव गर्दा अस्विकार गरेपछि उनले आत्महत्या गर्ने उद्देश्यले गोली हानेको हुनसक्ने अनुमान गरिएको छ । तर, एसपी सिग्देलले भने घाइते जवानले गोली प्रहार गर्नुको कारण नबताएको र अनुसन्धान पछिमात्रै थाहा हुने बताइन् ।

‘आज प्रणय दिवसको दिन पनि भएकाले कतिपयले यही अनुमान गरेका छन् । त्यस्तै हुन पनि सक्छ । तर, उसले गोली म आफैले हानेको हुँ मात्र भनेको छ । उपचारसँगै हाम्रो अुनसन्धान जारी रहन्छ । यो विषयमा पछिमात्र एकिन जानकारी आउँला ।’ उनले भनिन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ