काठमाडौ, फागुन २ ।
राष्ट्रियसभाका सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएको छ। नेपाली कांग्रेस रुपन्देहीका नेता एवं राष्ट्रियसभा सदस्य उपाध्यायको आज बिहान निधन भएको राष्ट्रिय सभाका सांसद सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो ।
उहाँ क्यान्सरको बिरामी रहेको र आज बिहान भैरहवामा निधन भएको पाण्डेले बताउनुभयो । २०३१ सालमा रुपन्देहीमा जन्मिएका उपाध्याय २०४२ सालदेखि राजनीतिमा सक्रिय रहदैँ आउनु भएको थियो ।
हाल प्रत्योजित तथा आश्वासन समितिको सदस्यसमेत रहनु भएको थियो । २०५४ सालमा मा गाविस उपाध्यक्षका जिम्मेवारी सम्हालेका उपाध्यायय सोही क्षेत्रवाट ३–३ पटक क्षेत्रीय सभापति समेत भएका थिए।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline