राष्ट्र निर्माणमा युवाले ध्यान दिनुस, मैले युवाको चौतर्फी विकासमा ध्यान दिन्छुः प्रधानमन्त्री

राष्ट्र निर्माणमा युवाले ध्यान दिनुस, मैले युवाको चौतर्फी विकासमा ध्यान दिन्छुः प्रधानमन्त्री

  • शुक्रबार, फाल्गुन २, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौं, फागुन २ ।
प्रधानमन्त्री तथा राष्ट्रिय सेवा दलका संरक्षक केपी शर्मा ओलीले समाज र राष्ट्र निर्माणमा ध्यान केन्द्रीत गर्न युवाहरुलाई निर्देशन दिनुभएको छ ।

राष्ट्रिय सेवा दलको दिक्षान्त समारोहमा दिक्षीत विद्यार्थीहरुलाई आज ललितपुरमा दज्र्यानी चिन्ह प्रदान गर्दे उहाले राष्ट्रको गौरव बढाउन युवाहरुको भूमिका महत्वपूर्ण हुने भएकाले राष्ट्र निर्माणमा लाग्न निर्देशन दिनुभएको हो ।

उहाले विपद् जोखिमका समयमा परिचालित हुन र सामाजिक काममा लाग्न पनि उनले सेवा दललाई निर्देशन दिनुभएको छ । उहाले सेवा दलबाट सैनिक कला, नेपाली संस्कृतिको संरक्षण, परम्परालाई बचाउनका साथै देशप्रतिको गौरव बढाउन दिक्षीत विद्यार्थीको भूमिका महत्वपूर्ण हुने बताउनु भएको हो ।

युवाहरुको चौतर्फी विकासको लागि सरकार प्रतिवद्ध रहेको भन्दै प्रधानमन्त्रीले समृद्ध नेपाल सुखी नेपालीको सरकारी आंकाक्षा पूरा गर्न युवाहरुको भूमिका आवश्यक रहेकोमा जोड दिनुभएको छ ।

उहाले राष्ट्र निर्माणको प्रमुख स्तम्भ युवाहरु भएकाले राष्ट्रिय सेवा दललाई सुदृढीकरण र जनस्तरसम्म र्पुयाउन सरकारले सहयोग गर्ने पनि बताउनु भयो । एक सय दिनको तालिममा विभिन्न विद्यालयका सात हजार सात सय विद्यार्थी सहभागी थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ