कारागारले श्रीमान् श्रीमतीबीच १५ मिनेट भेटघाट गराईदिदाँ……

कारागारले श्रीमान् श्रीमतीबीच १५ मिनेट भेटघाट गराईदिदाँ……

  • बुधबार, माघ २९, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

–वीरेन्द्र कर्ण
निधारभरि चिन्ताको रेखा, मुहारभरि पछुतोपन लिएर जब सञ्जय थारु र उनका श्रीमती काजल लखेरको एक्कासि भेट हुँदा एकछिन वातावरणमा शून्यता छायो ।

श्रीमान्, श्रीमती दुवै जना वीरगञ्ज कारागारमा मानब बेचबिखन मुद्दामा कैद सजाय काटिरहेका छन् । छुट्टाछुट्टै कोठामा बसेका तिनीहरुलाई एकापसमा भेट्ने साइत जुराइदिएको छ, वीरगञ्ज कारागार व्यवस्थापन पक्षले ।

उनीहरुले जब एकापसमा भेटे तब उनीहरु अघिल्लो दिनलाई सम्झे र भक्कानुहुने गरी रोए । एकापसमा दुःख सुखको कुरा गरे, घरपरिवारको चिन्ता व्यक्त गर्दै आफूहरुले गरेको अपराध प्रतिघृणा व्यक्त गर्दै १५ मिनेटको वर्तालापपछि पुनः कारागारको आआफ्नो कोठातिर लागे, बाँकी सजाय भोग्न ।

यस्तै दृश्य देखियो, वीरगञ्ज मुर्लीका दिनेश मण्डल र उनकी श्रीमती ममता मण्डलको । मण्डल दम्पती पनि अवैध लागुऔषध कारोवार मुद्दामा सजाय काटिरहेका छन् । सो कारागारभित्र ११ जोडी श्रीमान् श्रीमती विभिन्न मुद्दामा सजाय काटिरहेका छन् ।

कारागारभित्र विभिन्न मुद्दामा सजाय काटिरहेका ११ जोडी श्रीमान् श्रीमतीलाई महिनामा एकचोटि १५ मिनेटको लागि कडा सुरक्षाबीच भेटघाट गर्ने वातावरण मिलाइएको छ, वीरगञ्ज कारागारका प्रमुख श्रवणकुमार पोखरेलले राससलाई भन्नुभयो, “यो कारागार मानव अधिकारमैत्री भएकाले महिनामा एकचोटि कैदी जीवन बिताइरहेका श्रीमान्, श्रीमतीलाई भेट्ने वातावरण बनाइएको छ ।”

विसं १९९५ भन्दा अघि राणा शासनकालमा निर्माण भएको सो कारागार १२ हजार ९९४ दशमलव छ वर्गमिटर क्षेत्रफलमा फैलिएको छ । एक हजार कैदीबन्दी अटाउने क्षमता भएका सो कारागारमा एक हजार ३६३ कैदीबन्दी रहेका छन् । तीमध्ये ९७ महिला र चार आश्रित बालबालिका छन् । पुरानो संरचनाका कारण कारागारभित्र सुरक्षा चुनौती बढेकाले जेलब्रेक हुने सम्भावना बढी रहेको प्रमुख पोखरेलको भनाइ छ ।

कारागारभित्र आउने कैदीबन्दीमध्ये ३९ प्रतिशत लागुऔषध कारोवारमा सजाय पाएका रहेका छन् भने २०७ विदेशी कैदीमध्ये दुई पाकिस्तानी नागरिक तथा १०५ भारतीय रहेका छन् । कारागारभित्र विभिन्न मुद्दामा सजाय काटिरहेका ११ जोडी श्रीमान्, श्रीमती रहेको र उनीहरुलाई महिनामा एकचोटि १५ मिनेटको लागि कडा सुरक्षाबीच भेट्ने वातावरणसमेत बनाइएको बताइएको छ ।

कारागारभित्र रहेका सबै कैदीबन्दीका लागि प्रतिदिन विद्युतीय हाजिरी ९इहाजिरी० को व्यवस्था मिलाइएको छ । यसको लागि सात वटा विद्युतीय हाजिरी मेशिन राखिएको छ । कारागारभित्र रहेका पाँच एचआइभी सङ्क्रमित कैदीमध्ये एक महिलाको मृत्यु भएको छ । बाँक चार जना एचआइभी सङ्क्रमितको नियमित औषधि खुवाउने काम भइरहेको कारागार प्रशासनले जनाएको छ ।

आफूले गरेको अपराधमा सजाय काटिरहेका यी ११ जोडीलाई महिनामा एकचोटि भएपनि १५ मिनेटका लागि भेटघाट गर्ने वातावरण जुडाइ दिएकोमा कारागार व्यवस्थापकप्रति ती कैदीबन्दीले कृतज्ञता व्यक्त गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ