नवलपरासी माघ २९ । पूर्वी नवलपरासीको बुलिङ्गटार गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । अन्य १५ जना घाइते भएको बुलिगंटार प्रहरी चौकीले जनाएको छ ।
बुलिगंटार गाउँपालिका वडा नं ३ मा डाडाँझेरीको छरछरे बाट बुलिगंटारतर्फ फर्कदैं गरेको लु ४ त २५५६ नंम्बरको ट्याक्टर गएराति दुर्घटना हुँदा ट्याक्टरमा सवार चार जनाको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा मृत्यु हुनेमा बुलिगंटार गाउँपालिका वडा नं ३ बतासा गाउँका बर्ष ५० का यमसिहं सारु मगर,बर्ष ३२ का नरबहादुर सुस्लिगं मगर, बर्ष २५ का नेपाल प्रहरीका जवान लिलबहादुर सारु मगर, र बर्ष ४५ का पुर्णप्रसाद माकिम मगर रहेको प्रहरीले जनाएको छ ।
बिकट गाउँको भित्री कच्ची सडकमा दुर्घटना भएकाले राती अबेर मात्र प्रहरी र स्थानीयले थाहा पाएर उद्दार गरेको स्थानीयले बताएका छन्।
दुर्घटनामा घाइते भएकाहरु मध्ये दुइृको अबस्था गम्भीर रहेको र घाइतेलाई भरतपुर अस्पताल ल्याएको प्रहरीले जनाएको छ ।