राजपा सरकारमा सहभागी हुने चर्चा,नयाँदिल्लीमा नेताको लस्कर

राजपा सरकारमा सहभागी हुने चर्चा,नयाँदिल्लीमा नेताको लस्कर

  • बुधबार, माघ २९, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौं, २९माघ।

संघीय सरकारमा राष्ट्रिय जनता पार्टी(राजपा) नेपाल सहभागी हुने चर्चा चलिरहँदा राजपा अध्यक्षमण्डलका तीन सदस्य भने सुटुक्क भारतको राजधानी नयाँदिल्ली पुगेका छन् ।

पछिल्लो समय सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)सँग नजिक रहेको चर्चा चलिरहेका बेला राजपा अध्यक्षमण्डलका राजेन्द्र महतो, शरदसिंह भण्डारी र राजकिशोर यादव नयाँदिल्ली पुगेका हुन ।

पाँच दिनअघि भण्डारी, तीन दिनअघि महतो र एक दिनअघि यादव नयाँदिल्ली गएका हुन ।

दुईमहिना अघि राजपा अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुर गएर फर्किएपछि तीन नेता दिल्ली गएका हुन ।

केही दिनभित्रै अर्का नेता महेन्द्रराय यादवसमेत दिल्ली जाने राजपा स्रोतको भनाइ छ । -राजधानी दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ