विदेश जाने मानसिकताका विद्यार्थी उत्पादन गरेर समृद्ध नेपाल बन्दैनः मन्त्री बोहरा

विदेश जाने मानसिकताका विद्यार्थी उत्पादन गरेर समृद्ध नेपाल बन्दैनः मन्त्री बोहरा

  • मङ्लबार, माघ २८, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

धनगढी, २८ फागुन।
आर्थिक मामिलता तथा योजना मन्त्री झपट बोहराले उद्यमशिलता, स्वरोजगार र नेतृत्व दिनसक्ने विद्यार्थी उत्पादन अहिलेको प्रमुख एजेण्डा रहेको बताएका छन् । राजनीतिक प्रणाली परिवर्तनपछि सरकारको ध्यान अब शैक्षिक प्रणाली परिवर्तनतिर केन्द्रित भएको उनले बताए ।

सुदूरपश्चिमाञ्चल एकेडेमीको २१ औं वार्षकोत्सव समापन समारोहमा बोल्दै उनले रोजगारीका लागि विदेश जाने मानसिकताका विद्यार्थी उत्पादन गरेर अब समृद्ध नेपालको सपना पूरा नहुने बताए । शैक्षिक प्रणालीमा सुधार नहुँदा विश्वविद्यालयहरु वेरोजगार उत्पादन गर्ने थलोमा सिमीत भएको सन्दर्भ उल्लेख गर्दै उनले विद्यार्थीमा उद्यमशिलता बढाउन शिक्षा प्रणालीमा आमूल सुधार आवश्यक रहेको बताए ।

एकेडेमीका अध्यक्ष योगेन्द्र बहादुर शाहीको सभापतित्वमा भएको कार्यक्रममा विभिन्न शिक्षक कर्मचारीहरुलाई सम्मान गरिएको छ । समारोहमा विद्यार्थीहरुले साँस्कृतिक तथा मनोरञ्जक प्रस्तुति देखाएका थिए ।

६ विद्यार्थी सम्मानित
सुदूरपश्चिमलाई आफ्नो अदभूत प्रतिभाबाट देश तथा विदेशमा चिनाउने ६ जना आफ्ना विद्यार्थीलाई सुदूरपश्चिमाञ्चल एकेडेमीले “प्रतिभा सम्मान २०७६” बाट सम्मानित गरेको छ ।

एकेडेमीको एक्काइसौं वार्षिकोत्सव समारोहमा सुदूरपश्चिम सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले उनीहरुलाई सम्मान गरेका हुन् । सम्मानित हुनेमा ५ जना खेलकूद क्षेत्रसँग सम्बन्धित छन् भने एकजना सांगितिक क्षेत्रका प्रतिभा छन् ।

१९ वर्ष मुनिको महिला राष्ट्रिय क्रिकेट टिममा परी अन्तराष्ट्रिय प्रतियोगितामा उत्कृष्ट पर्दशन गरेका लक्ष्मी साउँद, यशोदा विष्ट र ईश्वरी विष्टलाई सम्मान गरिएको छ । ग्लमभच १९ हुदै सिनियर राष्ट्रिय टिममा (१८ जना भित्र) स्थान बनाउन सफल लोकेश वम र मलेसियामा सम्पन्न वल्र्ड कराँते च्याम्पेयनसीपमा रजत पदक विजेता कमल ओलीलाई पनि कार्यक्रममा सम्मान गरिएको छ ।
नेपाल आइडलको सिजन थ्री मा उत्कृष्ट ११ स्थानमा पुग्न सफल कमल सोवलाई पनि मन्त्री बोहराले सम्मान गरेका छन् । विद्यार्थीहरुमा अन्तर्निहित प्रतिभालाई उजागर गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चसम्म पु¥याउन एसपिएले भूमिका निर्वाह गरिरहेको प्रबन्ध निर्देशक सुवाश बी शाहीले बताए । सम्मानित प्रतिभाहरुले पनि एकेडेमीले गरेको सम्मानबाट हौसला र प्रेरणा मिल्नुका साथै अझै राम्रो काम गर्न जिम्मेवारी बढेको महसुस भएको प्रतिकृया दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी