काग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै, गच्छेदारको बिषयामा रणनीति बनाउने

काग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै, गच्छेदारको बिषयामा रणनीति बनाउने

  • सोमवार, माघ २७, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पार्टी केन्द्रीय समितिको बैठक सोमबारका लागि बोलाएको छ। केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेका लागि बोलाएको बैठकमा पार्टीको नियमावलीका साथै क्रियाशील सदस्यता छानविन समिति गठनका विषयमा छलफल हुनेछ।

त्यसका साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पार्टी उपसभापति विजयकुमार गच्छदारसहित १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा दायर मुद्दाका विषयमा पनि छलफल हुनेछ। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी९नेकपा०का नेता एवं तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, महासचिव विष्णु पौडेलविरुद्ध मुद्दा दायर नगरेर अख्तियारले पूर्वाग्रह राखेको भन्दै कांग्रेसले सडक र सदन अवरुद्ध गर्दै आएको छ।

त्यस विषयमा पनि सोमबारदेखि सुरु हुने केन्द्रीय समितिको बैठकमा छलफल हुनेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ