काठमाण्डौ÷परदेशी भूमिमा बसेर नेपाली स्वदेशी माटो, स्वदेशी परिवेश, संस्कृतिकालागि आप्mनो उत्कृष्ट लेखनकलामार्फत प्रवद्र्धन गर्दै आउनु भएकी गीतकार नूतन भुसालको चौथो कृति “नूतन शैली” एक समारोहकाबीच सार्वजनिक गरिएको छ ।
राजधानी काठमाण्डौको बागबजारस्थित हेलो क्याफे गीतकार भूसालको जन्मदिनको अवसर पारेर “नूतन शैली” एल्बमको विमोचन गरिएको हो ।
सो समारोहका प्रमुख अतिथि वरिष्ठ गीतकार प्रा.डा. कृष्णहरि बरालले गीति लेखनमा पहिला केटाले केटीलाई सुनाउने गीत लेखिने गरिन्थ्यो भने गीतकार भुसालले भने केटीले सुनाउने र केटाले सुन्ने खालका गीतको निर्माण भएको बताए । भुसालको गीतिलेखनले फरकपन दिएको बताउ“दै बरालले निरन्तरतामा ध्यान दिनु भन्दै शुभकामना दिए । त्यस्तै संगीतकार सुनिल मास्केको संगीत सुनेर आफूले ढिलो भेटेको बरालले बताए ।
समारोहका अर्का अतिथि संगीतकार राजु सिंहले शुभकामना मन्तव्य दिनुहु“दै “सुनिल मास्केका संगीतमा मौलिकता र सरलताभित्र गहनता भएको बताएका थिए भने गीतकार भुसालको लेखनले आफू लोभिएको बताएका थिए । त्यस्तै गीतकार डा.राजुबाबु श्रेष्ठले गीति लेखनमा गरेको लगानीले देश र परिवेशभित्र महत्वपूर्ण भूमिका खेलेको बताए । डा.श्रेष्ठले उनको लेखनप्रति आफूलाई डाह लागेको बताउ“दै गीतकार भुसाल सिद्धहस्त गीतकारका रुपमा पाएको बताए ।
कार्यक्रमलाई स्वागत गर्दै गीतकार भुसालले प्रवासमा रह“दा आफूले भोगेका र देश छोड्दा छोडिएका भावना र संवेदनाहरुलाई गीतमार्फत उजागर गरेको बताएकी थिइन् । उनले नूतन शैलीमार्फत् आधुनिक संगीतमा एउटा इ“टा थप्ने काम गरेको बताइन् भने संगीतकार सुनिल मास्केको सहयोगले नूतन शैलीको निर्माण भएको बताइन् ।
गीतकार भुसालकी आमा रामकुमारी भुसालको सभापतित्वमा शुभकामना मिडिया सोलुशनले सो समारोहको आयोजना गरेको हो । भने कार्यक्रममा गीतकार डा.राजुबाबु श्रेष्ठ, संगीतकार राजु सिंह विशेष अतिथिका रुपमा रहेका थिए ।
कार्यक्रममा सभापतिको आसनबाट बोल्नुहु“दै गीतकार भुसालकी आमा रामकुमारी भुसालले आफूले छोरीको भावना बुझेर स्टेज दिन नसकेको बताउ“दै छोरीका सिर्जनाले सबैको मन जित्न सकोस् भन्ने शुभकामना दिनुभयो । उनले समयअनुसार काममा ध्यान दियो भने नाम आफैं कमाउने बताउ“दै जन्मदिनको शुभकामना समेत दिइन् ।
कार्यक्रममा भमराको भुनभुन सुन्छु र थाहा छैन के हुन्छ गीतको म्यूजिक भिडियो देखाइएको थियो । जसमा युवराज वाइवा र मदन खड्काको निर्देशन गरेको थियो । जसमा अनिता रन्जितकार, सोनु लामा, मन्दिरा न्यौपाने, आश्विन भुसाल र ऋचा थापाको अभिनय रहेको थियो ।
कार्यक्रममा गीतकार नूतन भुसालको जन्मदिन परेकोले केक काटेर जन्मदिन मनाइएको थियो भने म्यूजिक खबरका तर्फबाट सम्पादक सविता पोखरेलले बुकी दिएर सम्झनास्वरुप मायाको चिनो दिएकी थिइन् । कार्यक्रममा एल्बमस“ग सम्बन्धित स्रष्टाहरुलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो भने कार्यक्रम संचारकर्मी सरोज कोइरालाले संचालन गरेका थिए ।
गीतिसंग्रह “नूतन शैली” मा गीतकार नूतन भुसालको एकल शब्द एवं संगीतकार सुनिल मास्केको एकल संगीतमा रहेको छ । एल्बममा भमराको भुनभुन, थाहा छैन के हुन्छ, देखेको छैन, कुक्क लाग्यो बाडुल्की, तिम्रो साथ भन्दा प्यारो जस्ता ५ वटा गीत समावेश गरिएको छ । जसमा प्रविशा अधिकारी, निशा देशार, मीना निरौला, प्रताप दास र पूर्णिमा लामाको स्वर रहेको छ । गीतमा प्रदीप श्रेष्ठ, सञ्जीव बराइली र सचिन सिंहको संगीत संयोजन रहेको छ भने किशोर थापाको मिक्सिङ तथा मास्टरिङ रहेको छ । एल्बमलाई शुभकामना मिडिया सोलुशनले बजार व्यवस्थापन गरेको हो ।
राष्ट्रिय सरोकार मंचद्वारा चीनीया“ प्रति सहानुभूति प्रकट
काठमाण्डौ÷ राष्ट्रिय सरोकार मंच नेपालले कोरोना भाइरसबाट चीन र त्यहा“का नागरिकले व्योहोर्नु परिरहेको संकट र पीडाप्रति सहानुभूति प्रकट गरेका छन् ।
मंचका केन्द्रिय अध्यक्ष एवं कर्मनिष्ट अभियन्ता सोम विक्रम सिंहले एक विज्ञप्ती जारी गर्नुहु“दै यस्तो सहानुभूति प्रकट गर्नु भएको हो ।
केन्द्रिय अध्यक्ष सिंहद्वारा हस्ताक्षर विज्ञप्तीमा भनिएको छ, “छिमेकी देश चीनमा व्यापक रूपले फैलिरहेको कोरोना भाईरसले सयौं चिनिया“ जनताको जीवन हताहत भईसकेको छ भने हजारौंको संख्यामा चिनिया“ जनता यो भाईरसले प्रभावित भईरहेको छ । यस दुःखद खबर सुन्दा हामी एकदम मर्माहित भएका छौं । हामीले यस दुःखद घडीमा चिनिया“ जनता र चीनस“ग भौतिक रूपमा साथ हुन नसके पनि हामी यस अप्ठेरो समयमा कुनै न कुनै रूपले नजिक छौं । हामीलाई लाग्छ चिनीया“ जनतामाथि आई परेको यस किसिमको बज्रपातस“ग लड्न चीन आफै क्षमतावान छ तर पनि नेपाली जनता हरदम चिनिया“ जनताको अप्ठेरो समयमा साथमा रहनेछ भन्ने बिश्वस्त गर्न चाहन्छौं ।
कोरोना भाईरसबाट मृत्युवरण गर्न पुगेका चिनिया“हरूलाई भावपूर्ण श्रद्धाञ्जली दिन चाहन्छौं । उनीहरूको दिवंगत आत्माले शान्ति पाई वैकुण्ठमा बास होस् । नेपाली जनताको तर्फबाट दिवंगत आत्माको परिवार र सिङ्गो देश चीनप्रति हार्दिक समवेदना टक्राउन चाहन्छौं ।
कोरोना भाइरसस“ग लडिरहेका हजारौं व्यक्तिहरूको तत्काल स्वास्थ्य लाभ हुनेछ भन्नेमा हामी आशावादी छौं । छिमेकी देश चीन रोग निर्मूल गर्न आत्मनिर्भर छ भन्नेमा पनि हामी बिश्वस्त छौं । चिनिया“ नेता र जनतालाई यी कठिन समयहरूमा धैर्य धारण गर्न सक्ने शक्ति मिलोस् र विश्व चीनको सहयोग र साथमा रहनेछ भन्ने अपेक्षा राख्दछौं । चिनिया“–नेपाल मित्रता सदाका लागि अमर रहोस् ।”
राष्ट्रिय सरोकार मंच नेपाल, हिन्दू अधिराज्य पुनस्र्थापना गर्न संघर्षरत संस्था हो ।