सामाजिक विकास मन्त्री जीवन घिमिरे नोबल सिटिजन अवार्डबाट सम्मानित

सामाजिक विकास मन्त्री जीवन घिमिरे नोबल सिटिजन अवार्डबाट सम्मानित

  • शनिबार, माघ २५, २०७६
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

काठमाडाैं ।

प्रोजेक्ट १०० नामक अन्तराष्ट्रिय गैरसरकारी संस्थाले प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई नोबल सिटिजन अवार्डबाट सम्मान गरेको छ ।
भारतको नयाँदिल्ली स्थीत कन्स्टिट्युसन क्लब अफ इन्डियामा (फेब्रुअरी २, २०२० )आयोजित एक कार्यक्रमकाबीच विभिन्न देशमा सामाजिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउने व्यात्तित्वहरुलाई उक्त संस्थाले सम्मान गरेको थियो । सोहि क्रममा नेपालको राजनितीक परिवर्तनको आन्दोलनमा युवा विद्यार्थीहरुको परिचालन गर्नुका साथै शिक्षा, स्वास्थ र सफाइका क्षेत्रमा नवीनतम कामको थालनी गरि महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै मन्त्री घिमिरेलाई पनि सो अवार्डबाट सम्मान गरिएको हो ।
साथै उद्मशिलताको क्षेत्रमा नवीनतम दृष्टान्त प्रस्तुत गर्दै भारतीय धनाण्यको सुचिमा पर्न सफल महिला उद्धमी कल्पना सरोज समेत उक्त अवार्ड बाट सम्मानित हुनुभएको छ ।
त्यसैगरी मलावि देशका सार्क मुलुकका लागि राजदुत जर्ज म्याक्नडिवाले अन्तराष्ट्रिय समन्वय र सम्बन्ध विस्तारको क्षेत्रमा गर्नुभएको भुमिकाको उच्च मुल्यांकन गर्दै पुरस्कृत गरेको थियो।
साथै सेनेगलका डिप्लोम्याट पापा एसआने, डिआर डी ओ कि जोएन डाइरेक्टर मुक्ता चोहान, हाइटेक मेडिकल कलेजका चेएरमेन डा. तिरुपति पानिग्रहि लगायत विशिष्ट व्यक्तित्वहरु सम्मानित हुनुभएको थियो । सोही कार्यक्रममा सबैभन्दा कम उमेरकि वातावरण संरक्षण अभियानकि अभियान्ता १२ वर्षकी लिसिप्रिया कन्जुजम समेत सम्मानित हुनुभएको थियो ।


समारोहमा नेपाली प्रतिनिधि मण्डल तर्फबाट नेपालको राष्ट्रिय झण्डा, तुल ब्यानर, ब्रुसर सहितको प्रदर्शन गर्दै भ्रमण वर्ष २०२० को सन्दर्भमा नेपाल भ्रमण गरि भ्रमण वर्ष सफल पार्न सबै विदेशी पाहुनाहरुलाई आह्वान समेत गरिएको थियो ।
भारत भ्रमणका दौरानमा मन्त्री जीवन घिमिरेले भारतका लागि नेपाली राजदुत निलम्बर आचार्य संग समसामयिक विषयमा छलफल गर्नुभएको थियो। विभिन्न विदेशी मित्रहरू भेटघाट गर्ने क्रममा भारत सरकारका स्वास्थ्य मन्त्री एएल हेल्क, मेघालय स्टेटका युवा तथा खेलकुद मन्त्री किरण रिजुजु र विजेपिका राष्ट्रिय सचिव शुनिल भिदेवदर संग महत्वपूर्ण भेटघाट र छलफल भएको थियो ।


साथै अल इन्डिया इन्स्िटच्युट अफ लोकल सेल्फ गभमेन्टले समेत मन्त्री ज्यूको स्वागत सम्मानमा कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रममा इन्स्िटच्युटका अशोक वानकडे, डिप्युटी डाइरेक्टर रवि रान्जन गुरु र राहुल पाटेल संग नेपालको प्रदेश र स्थानीय तहको क्षमता विकास र अनुभव आदानप्रदान गर्ने विषयमा छलफल भएको थियो । त्यसैगरी चौधरी चरण सिंह विश्वविद्यालयले सामाजिक विकास मन्त्री जीवन घिमिरेको प्रमुख आतिथ्यतामा देश विकासमा युवाहरुको भुमिका विषयक गोष्ठीको आयोजना गरेको थियो ।


भ्रमणकै क्रममा पतञ्जलि योगपिठ हरिद्वारले समेत मन्त्री जीवन घिमिरेको सम्मानमा कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा आचार्य बालकृष्ण लगायत पिठका विभिन्न विषय विज्ञहरुसंग नेपालको योग आयुर्वेद र प्राकृतिक चिकित्साको विकास र विस्तारका सम्बन्धमा गहन छलफल भएको थियो । नेपालमा जडिबुटी खेति, उत्पादन, प्रशोधन, बजारीकरण लगायतका विषयहरुमा छलफल भएको थियो । सोही अवसरमा मन्त्री घिमिरेले स्वामी राम देवलाई प्रदेश न १ को भ्रमणको निमन्त्रणा समेत दिनुभएको थियो । साथै मन्त्रीज्यूले पतञ्जलि पिठ द्वारा सञ्चालित अस्पताल, रिसर्ज सेन्टर र योग ग्राम को समेत अध्ययन तथा अवलोकन गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ