युवालाई स्वदेशमै रोजगार बनाउन सक्ने शिक्षा दिने शैक्षिक संस्थाहरुको खाँचो: अध्यक्ष तिमिल्सिना

युवालाई स्वदेशमै रोजगार बनाउन सक्ने शिक्षा दिने शैक्षिक संस्थाहरुको खाँचो: अध्यक्ष तिमिल्सिना

  • शनिबार, माघ २५, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

कुस्मा, २५ माघ ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकले आर्थिक समृद्धि हासिल गर्नका लागि स्वरोजगार बनाउने व्यावसायिक शिक्षा अहिलेको आवश्यकता भएको बताउनुभएको छ । पर्वतको कुश्माबजारस्थित गुप्तेश्वर बहुमुखी क्याम्पसको २८ औँ वार्षिकोत्सव तथा २६औँ साधारणसभाको आज उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले युवालाई स्वरोेजगार बनाउन सक्ने व्यावसायिक शिक्षाबाट मात्रै मुलुकले समृद्धि हासिल गर्न सक्ने बताउनुभएको हो ।

उहाँले स्नातक र स्नातकोत्तर पढे पनि रोजगारी पाउन नसकेर विदेशमा भाँडा माझ््न जानुपर्ने बाध्यताको अन्त्य गर्नु अहिलेको आवश्यकता हो भन्नुभयो । “अहिले वर्षेनी लाखाँै युवाहरु उच्च शिक्षा हासिल गरेर श्रमबजारमा प्रवेश गरे पनि रोजगारी पाउन सकिरहेका छैनन्”, अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, “युवाहरुलाई स्वदेशमै रोजगार बनाउन सक्ने व्यावसायिक शिक्षा दिने शैक्षिक संस्थाहरुको खाँचो मुलुकका लागि छ ।”

तीन दशकअघिसम्म पढेलेखेका युवाहरुले रोजगारी पाउन कठिन नभए पनि अहिले शिक्षक र कर्मचारी बनेर मात्रै बन्न खोजेर सबै रोजगार बन्न नसकिने धारणा अध्यक्ष तिमिल्सिनाको थियो । आफँैले उद्यम गरेर अरु धेरैलाई रोजगार बनाउनका लागि पनि व्यावसायिक शिक्षाको आवश्यकता रहेकामा उहाँले जोड दिनुभयो ।

अहिले मुलुकका धेरै सामुदायिक क्याम्पसहरु न्यून विद्यार्थी सङ्ख्या र आर्थिक अभावमा गुज्रदै गएको चर्चा गर्दै समयअनुकूलको शिक्षा दिने र शिक्षकहरु खुला प्रतिस्पर्धाबाट छान्ने हो भने पनि धेरै समस्या समाधान हुने उहाँको भनाइ थियो । क्याम्पसमा विद्यार्थी सङ्गठनका बीचमा मित्रवत प्रतिस्पर्धा हुनु जायज भए पनि क्याम्पस सञ्चालकले राजनीति गर्दा यस्ता संस्था धरासायी बन्दै गएकामा उहाँले चिन्ता व्यक्त गर्नुभयो । “क्याम्पस सञ्चालकले शिक्षक छनोटदेखि सबै कुरामा राजनीतिक आँखाले हेर्न थालेपछि यस्ता संस्था धरासायी बनेर जान्छन्”, उहाँले भन्नुभयो, “स्वच्छ र दिगो शैक्षिक वातावरणका लागि शिक्षकको छनोट पनि खुला प्रतिस्पर्धाबाट हुन जरुरी छ ।”

उहाँले फरक प्रसङ्गमा बोल्दै आफनो कार्यकालभित्र पर्वतका सात वटै पालिकाका ६२ वटै वडासम्म पुग्ने सडकलाई पक्की गरेरै छाड्ने प्रतिबद्धता जनाउनुभयो । कुश्माबजारलाई ज्ञादीसँग जोड्न झाप्रेबजार र बलेवासँग जोड्न कल्लेरीमा मोटरेबल पुल बन्न लागेको जानकारी दिँदै सडकको सहज पहुँच भएपछि कुश्माबजारलाई शैक्षिक केन्द्रका रूपमा विकास गर्न पनि सहयोग पुग्छ भन्नुभयो ।

संविधानसभाका सदस्य अर्जुनप्रसाद जोशीले पनि शैक्षिक संस्था राजनीतिबाट मुक्त हुनुपर्ने कुरामा जोड दिनुभयो । “शैक्षिक संस्थामा बसेर राजनीति गर्ने र शैक्षिक संस्थालाई पूर्वाग्रह राखेर हेर्ने दुवै अतिवादी हुन्”, उहाँले भन्नुभयो, “राजनीतिभन्दा माथि राखे मात्रै शैक्षिक संस्थाको विकास र उन्नति सम्भव छ । गुप्तेश्वर क्याम्पसका संस्थापक अध्यक्षसमेत रहनुभएका जोशीले गुप्तेश्वर क्याम्पसले दश जोड दुई कक्षा हटाएकै कारण विद्यार्थी सङ्ख्या कम हुन पुगेको बताउँदै आफूले संस्थामा राजनीति नहोस् भनेर छिट्टै पद छाडेको दाबी पनि गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी