चेतना संरक्षण प्रतिष्ठानद्वारा ५ जना पुरस्कृत

चेतना संरक्षण प्रतिष्ठानद्वारा ५ जना पुरस्कृत

  • शनिबार, माघ २५, २०७६
  • मिर्मिरे अनलाइन

  • 13.3K
    SHARES

विराटनगरर, २५ माघ । विराटनगरस्थित चेतना संरक्षण प्रतिष्ठानले साहित्य, संस्कृति, पत्रकारिता, समाजसेवा, कलालगायतका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने ५ जना व्यक्तित्वहरूलाई पुरस्कृत गरेको छ ।

प्रतिष्ठानले शनिबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरी १ लाख १ हजार नगद राशिको ‘धर्मानन्द–रामप्यारी सिटौला साहित्य चेतना पुरस्कार’बाट प्रा.डा. टंकप्रसाद न्यौपानेलाई सम्मानित गरेको छ ।
समाजसेवी हरिभक्त सिटौला र परिवारद्वारा स्थापित सो पुरस्कार भाषा, साहित्यका क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्तिलाई समर्पण गरिन्छ । देवेनरा समूहले आफ्ना मातापिताको नाममा स्थापना गरेको ‘बालकिशन–नर्वदादेवी मुन्दडा सनातन मानवीय धर्म–संस्कृति चेतना पुरस्कार’ प्रा.डा. जगमान गुरुङलाई प्रदान गरिएको छ । गुरुङ नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति पनि हुन् ।

यस्तै ‘ओमप्रकाश गोयल समाजसेवा चेतना पुरस्कार समाजसेवी काशीनाथ जोशीलाई समर्पण गरिएको छ । समाजसेवी दीनबन्धु गोयलले आफ्ना दाजु ओमप्रकाश गोयलको स्मृतिमा सो पुरस्कार स्थापना गरेका हुन् । समाजसेवी दिनेश सुवेदीले आफ्ना भाइको स्मृतिमा स्थापित ‘नरेश सुवेदी पत्रकारिता चेतना पुरस्कार’ अग्रज पत्रकार मोहन भण्डारीलाई प्रदान गरिएको छ ।
त्यस्तै साहित्यकार गंगा सुवेदीद्वारा आफ्ना मातापिताको नाममा स्थापना गरेको ‘भूपेन्द्र–शोभा रिजाल ललितकला चेतना पुरस्कार’ वरिष्ठ चित्रकार गोपाल श्रेष्ठलाई प्रदान गरिएको छ । चारवटै पुरस्कारको राशि जनही ५१ हजार रूपैयाँ रहेको छ । कार्यक्रममा प्रमुख अतिथिसमेत रहेकी विराटनगर महानगरपालिकाकी कार्यबाहक मेयर इन्दिरा कार्की, चेतना संरक्षण प्रतिष्ठानकी अध्यक्ष प्राज्ञ गंगा सुवेदी, पुरस्कारका संस्थापकहरू हरिभक्त सिटौला, देवकिशन मुन्दडा, दीनबन्धु गोयल, दिनेश सुवेदीलगायतले संयुक्त रूपमा माला लगाएर नगद र सम्मानपत्र प्रदान गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यबाहक मेयर कार्कीले चेतना संरक्षणले सबै क्षेत्रलाई समेटेर पुरस्कृत गर्नु आफैंमा गौरवको कुरा भएको बताइन् । उनले भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणमा प्रतिष्ठानले महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गरिन् । चेताना संरक्षण प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदीले विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनेहरूलाई प्रतिष्ठानले हरेक वर्ष पुरस्कृत गर्दै आएको बताइन् । अध्यक्ष सुवेदीले विपन्न अभिभावकविहीन बालिकालाई संरक्षण गरेर उच्च शिक्षासम्म अध्ययन गराउने योजना रहेको उल्लेख गरिन् । समारोहमा प्रतिष्ठानले त्रैमासिक रूपमा प्रकाशित गर्दै आएको चेतना सन्देशको २९ औं अंक विमोचन गरिएको थियो । प्रतिष्ठानले हरेक महिनाको पहिलो शुक्रबार ‘चेतना मासिक कार्यक्रम’, मकालु टेलिभिजनबाट ‘चेतना प्रवाह’ र ‘चेतना सन्देश’ त्रैमासिक पत्रिकासमेत प्रकाशित गर्दै आएको छ । उपत्यकाबाहिर एउटै संस्थाले ३ लाखभन्दा बढी नगद राशिको पुरस्कार प्रतिष्ठानले समर्पण गर्ने गर्दछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी